काठमाडौं, २३ कात्तिक ।
दम रोगभन्दा पनि रोगहरूको लक्षण हो । यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसका कारण फोक्सोमा हावा जान कठिनाइ हुन्छ । जतिखेर एलर्जी उत्पन्न गर्ने कारक तत्त्व एलर्जन्स र अप्ठ्यारो उत्पन्न गर्ने तत्त्व इरिटेटस सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो ।
दम हुनुमा बढ्दो वायु प्रदूषण, धुवा, धुलो, धूम्रपानको नियमित प्रयोग प्रमुख कारण हो । यो रोग विभिन्न उमेर समूहका व्यक्तिहरूमा विभिन्न किसिमका हुने गर्छ । सास फेर्न गाह्रो हुनु, खोकी लाग्नु, घ्यारघ्यार हुनु, छाती दुख्नु, छाती कस्सिएको अनुभव हुनु नै दम हो ।
यी हुन् दमबाट बच्ने उपायहरू :
– धूम्रपान गर्दै नगर्ने, – धूलो, धुवाँबाट सकेसम्म बच्ने, – पर्याप्त मात्रामा पानी पिउने, – चिकित्सकको परामर्शमा तोकिएको औषधी भनेको समयसम्म सेवन गर्ने, – घर बाहिर निस्कन परे अनिवार्य मास्क लगाउने, – दैनिक व्यायाम गर्ने, – तनाव मुक्त हुने, – एलर्जी हुने वस्तुबाट टाढा रहने, – प्रदूषित हावाबाट बच्ने
छालाको सौन्दर्य बढाउने घरेलु उपचार
– नुहाउनुभन्दा अघि तिलको तेलमा बेसन र थोरै बेसार मिलाएर लेदो बनाइ छालामा लगाउने र १०–१५ मिनेटपछि पानीले धुने गर्नाले छालामा नौलो चमक आउँछ । – बेसार र श्रीखण्डको बराबर भागको मिश्रणमा पानी राखी लेदो बनाउने र राती सुत्दा लगाउने गर्नाले दुई हप्तामा छाला नरम, स्वस्थ र सुन्दर भएरर आउँछ ।
– वेसन र दहीमा कागतीको रस निचोरेर पटकपटक अनुहारमा लेप लगाउने र केहीबेरपछि धुने गर्नाले छाला नरम, स्वस्थ र सुन्दर देखिन्छ ।
साभारः ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट