डिभोर्सपछि के गर्दैछिन् साउथ अभिनेत्री सामन्था ?

रामेछाप खबर संवाददाता

काठमाडौं ।

एजेन्सी:= दक्षिण अभिनेत्री सामन्था रुथ प्रभुले आफ्नी मिल्ने साथी मञ्जुला अनाग्नीलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिएकी छन् । मञ्जुला र अन्य केही साथीहरूसँग आफ्ना केही तस्विर सेयर गर्दै उनले लेखेकी छन्, ‘जन्मदिनको शुभकामना मञ्जुला। तिमी जस्तो साथी पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु। भनिन्छ, असल साथी नराम्रो समयमा मात्र चिनिन्छ । तिमी जस्तो असल साथी कोही छैन। आशा छ एक दिन तिमिले बुझ्नेछौ कि म तिमीलाई कति माया गर्छु। जन्मदिनको शुभकामना।’

मन्जुला र सामन्था बाहेक, फिल्म निर्माता नन्दिनी रेड्डी र अभिनेत्री मालविका नायर पनि तस्बिरमा देखिएका छन्। मिडिया रिपोर्टका अनुसार सामन्था चाँडै नै नन्दिनीसँग नयाँ प्रोजेक्ट सुरु गर्न लागेकी छिन् । यी दुईले यसअघि जबर्द र ओह बेबी जस्ता फिल्ममा काम गरिसकेका छन् ।

सम्बन्धविच्छेदपछि यात्रामा व्यस्त सामन्था
गत महिना अभिनेता नागा चैतन्यसँग सम्बन्धविच्छेदको घोषणा गरेपछि सामन्थाले आफ्ना साथीहरूसँग समय बिताउन कुनै कसर बाँकी राखेकी छैनन्। यसअघि उनले ऋषिकेश, यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको भ्रमण गरिन् । यसबाहेक उनी हालै दुबई पनि गएकी थिइन् ।

सामन्था-नागाको सम्बन्धविच्छेद
सामन्थाले अक्टोबर ३ मा आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेकी थिइन्, ‘हाम्रा सबै शुभेच्छुकहरूलाई- धेरै विचार-विमर्शपछि चाइ र म (नागा चैतन्य)ले पति–पत्नीको रूपमा छुट्टिने निर्णय गरेका छौँ र हामी आफ्नो बाटो लागेका छौं।

एक दशकभन्दा बढी समयदेखि हाम्रो सम्बन्धको केन्द्रबिन्दु रहेको मित्रता पाउँदा हामी भाग्यमानी छौं र हामीसँग सधैं विशेष बन्धन रहनेछ भन्ने विश्वास छ। अभिनेत्रीले थप लेखेकी थिइन्, ‘हामी हाम्रा फ्यान, शुभचिन्तक र मिडियालाई यो कठिन समयमा हामीलाई साथ दिन र यसबाट अगाडि बढ्नको लागि गोपनीयता प्रदान गर्न अनुरोध गर्दछौं।’

सम्बन्धविच्छेदको खबरमा विगत केही दिनदेखि यी जोडी मौन बसेका थिए । रिपोर्टका अनुसार सम्बन्धविच्छेदको निर्णय गरेपछि सामन्था र नागा चैतन्यलाई पारिवारिक अदालतमा काउन्सिल गरिएको थियो, यद्यपि जोडीले अलग हुने निर्णय परिवर्तन गरेनन्।

चौथो विवाह वर्षगाँठ अघि नै टुटेको बिहे
समन्था अक्किनेनी र नागा चैतन्यले पहिले हिन्दू परम्परा अनुसार ६ अक्टोबर २०१७ मा गोवामा र त्यसपछि ७ अक्टोबरमा इसाई परम्परा अनुसार विवाह गरेका थिए । विवाहपछि सामन्थाले आफ्नो नाम अगाडि अक्किनेनी राखेकी थिइन्, तर सम्बन्धविच्छेदको खबर आएपछि सामन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु राखिन् । अक्टोबर ६ मा दुवैको विवाहको चार वर्ष पूरा हुन लागेको थियो तर त्यसअघि नै उनीहरु छुट्टिए।