काठमाडौं, २३ कात्तिक ।
काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसी बारे चीन र भारतले भ्रम छरेको आरोप लगाएका छन् । भट्टराईले एमसीसीले देशको विकासमा उल्लेख्य योगदान दिने बताए ।
जनता समाजवादी पार्टीको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर गोरखा पुगेका भट्टराईले स्थानीयबासीसँग कुराकानी गर्दै नेपालको विकास नचाहने तत्वले एमसीसीबारे भ्रम छरेको बताए।
गोरखा गण्डकी गाउँपालिकाका ३ र ८ नम्बर वडा लगायतका जनताले एमसीसीबारे पनि भट्टराईलाई जिज्ञासा राखे । संसदमा उठेका एमसीसीबारे पक्षविपक्षका सवाल/जवाफलाई उदाहरण दिँदै उनीसँग गण्डकी गाउँपालिकाका जनताले ‘एमसीसी पास गरे देश खान्छ भन्छन् के हो ? भनेर सोधे ।
जवाफमा उनले भने, ’एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन्। के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ? हामी चुप लागेर बस्दैनौँ नि। अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौँ । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन। अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।’
मुद्दा सुनुवाइको माग गरिरहेका सेवाग्राही सर्वोच्च परिसरबाट पक्राउ
काठमाडौं– सर्वोच्च अदालतमा आफूहरूको मुद्दा सुनुवाइको माग गर्दै प्रदर्शन गरिरहेका सेवाग्राही पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले सर्वोच्च अदालतबाट मंगलबार पक्राउ गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी आन्दोलनमा छन् भने न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरणका बाहेक अन्य मुद्दामा सुनुवाइ गरेका छैनन्।
प्रधानन्यायाधीशलगायत न्यायाधीशहरूले अनियमितता गरेर आफूहरूलाई अन्याय गरेको सेवग्राहीको भनाइ छ। न्यायाधीश र कानुन व्यवसायीहरूले आन्दोलन गर्दा आफूहरू न्याय पाउने अधिकारबाट वञ्चित भएको उनीहरुले बताए।