काठमाडौं, २३ कात्तिक ।
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।
मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य स्थिर भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ‘पिक मी’ बीच बीमा सेवासम्बन्धी सम्झौता
काठमाण्डाै – आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ‘पिक मी’ बीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यो सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ‘पिक मी’ का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।
यो सम्झौता पश्चात ‘पिक मी’का चालक र ‘पिक मी’ प्रयोग गर्ने सबै ग्राहकहरुको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ । ‘पिक मी’ का अध्यक्ष प्रसन्न अधिकारीले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट ‘पिक मी’का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कम्पनीको तर्फबाट चालक तथा ‘पिक मी’ ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजिस्टिक सपोर्ट, मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको र त्यस एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने बेहोरा जानकारी गराउनुभयो ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने बेहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गर्नुभयो ।