विराटपछि रोहित होइन यी खेलाडी भन्दै छन् भारतीय टिमको कप्तान ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २३ कात्तिक ।

काठमाडौं– केएल राहुल भारतीय टी-२० टिमको कप्तान बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूले राहुल टी-२० को कप्तान बन्ने र विराट कोहली टी-२० विश्वकपपछि कप्तान छोड्ने समाचार दिइरहेका छन् ।

एएनआईले दिएको समाचारअनुसार रोहितले शर्मा पनि केही समय आराम गर्ने छन् । यहीबीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेका एएनआईले जनाएको छ । अहिले रोहित शर्मा टी-२० टोलीको कप्तानीमा सबैभन्दा अगाडि छन्, तर उनलाई पनि टी-२० विश्वकपपछि विश्राम दिइनेछ ।

राहुलले अष्ट्रेलियामा टी-२० र एकदिवसीय भ्रमणका क्रममा उपकप्तानको जिम्मेवारी राम्ररी निभाएकाले उनलाई कप्तान बनाउन लागिएको हो ।

२०२१ को टी-२० विश्वकपपछि न्युजिल्यान्डले भारत भ्रमण गर्दै छ । जहाँ, दुई देशबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला र त्यसपछि दुई खेलको टेस्ट सिरिज हुनेछ । टी-२० सिरिजमा विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह र मोहम्मद शामीलगायत खेलाडीलाई विश्राम दिइनेछ ।

भारत र न्युजिल्याण्डबीचको पहिलो खेल जयपुरमा १७ नोभेम्बरबाट सुरु हुँदै छ । दोस्रो खेल १९ नोभेम्बरमा राँचीमा हुनेछ भने तेस्रो र अन्तिम खेल २१ नोभेम्बरमा कोलकातामा हुनेछ । त्यस्तै, पहिलो टेस्ट २५ देखि २९ नोभेम्बरसम्म कानपुरमा र दोस्रो टेस्ट ३ देखि ७ डिसेम्बरसम्म मुम्बईमा खेलिनेछ । क्रिकेट पाटी