काठमाडौं, २३ कात्तिक ।
एजेन्सी := मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनको शुभारम्भसँगै यी दुई देशहरू बिच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री दातोक श्रि इस्माइल साब्री बिन याकोबले सोमबार बताएका छन् ।
मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ मलेसियाली र सिंगापोरिन बिछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गर्नु हो।
“दुवै देशले आ-आफ्ना जनतालाई खोप लगाउन र कोभिड-१९ महामारीको व्यवस्थापनमा गरेको महत्त्वपूर्ण प्रगतिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीहरूले क्रमशः सीमा पार यात्राहरू पुनः सञ्चालन गर्न समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन् ।
सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनले क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट केयलआईए र सिंगापुरको चाङ्गी एयरपोर्टबाट मात्र हवाई यात्रालाई समेट्नेछ । यद्यपि दुई देशलाई जोड्ने अन्य मार्गलाई पुनः सञ्चालन गर्न भने थप वार्ता आवश्यक हुने बताइएको छ।
सु.प.नेपाली समाज मलेसिया पेनाङ्गद्वारा शुभकामना आदानप्रदान सम्पन्न।
क्वालालम्पुर (मलेसिया):= सुदूरपश्चिमेली नेपाली समाज मलेसिया,क्षेत्रिय समिति पेनाङको आयोजना भएको नेपालीहरुको पर्व तिहार,शुभ-दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
सुदूरपश्चिमेली नेपाली समाज मलेसिया,पेनाङ क्षेत्रिय समितिका अध्यक्ष शिव बहादुर ऐरको अध्यक्षतामा हिजो आईतवार सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय संरक्षक समिर मल्ल प्रमुख अतिथि रहनुभएको थियो भने अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया पेनाङ क्षेत्रिय समितिका सल्लाहकार दिपक राज जोशी र पेनाङ क्षेत्रिय समितिका संरक्षक रमेश बहादुर ऐर रहनुभएको थियो ।
कार्यक्रम मा प्रमुख अतिथि केन्द्रिय संरक्षक समिर मल्लले उपस्थित सबैलाई तिहारको शुभकामना दिदै हामि सुदूरपश्चिमेली नेपालीहरु भनेर चिनाउने यस्ता खाल्लका कार्यक्रम समय-समयमा राख्नु पर्ने र आ-आफ्नो आफन्त घर परिवारबाट टाढा भएका हामि सम्पूर्ण सुदूरपश्चिमेली नेपालीहरुलाई एकै ठाउँ जम्मा गरि रमाइलो गर्ने यो अबसर प्रदान गरेकोमा सुदूरपश्चिमेली नेपाली समाज पेनाङ क्षेत्रिय समिति परिवारलाई धन्यवाद दिएका थिए । साथै उनले आफु सम्पुर्ण रुपमा सातमै रहेको र जुनसुकै परिस्थितिमा सकिने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
हामि परदेशमा बसे पनि हाम्रो कला-संस्कृति निकै प्यारो लाग्ने गर्छ।त्यसैले यस्तो चाडपर्वमा सबै प्रवासी नेपाली दाजुभाई दिदिबहिनी संगै भएर एकै ठाँउमा बसेर रमाइलो संगै शुभकामना आदानप्रदान गरौ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको क्षेत्रिय समिति पेनाङ अध्यक्ष शिव बहादुर ऐरले बताउनुभयो ।
पेनाङ ईन्द्रबासिमा रहेको धौलागिरी रेस्टुरेन्टको सभा हलमा भएको कार्यक्रममा नेपाली खानाको स्वाद आउने सबैलाई आकर्षित गरेको थियो। कार्यक्रमको व्यवस्थापन क्षेत्रिय समितिका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र सुनारले गर्नु भएको पेनाङ क्षेत्रिय समितिका महासचिव प्रकाश कार्कीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा पेनाङ क्षेत्रिय समितिका कोषाध्यक्ष राजेन्द्र धामि,कला संस्कृति बिभाग प्रमुख बाबु बिवश,लगायतको उपस्थित रहेको थियो । तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित तेस्रो कार्यसमितिको यो पहिलो भेटघाट हो।
पेनाङ क्षेत्रिय समितिका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र सुनारले स्वागत मन्तव्य राख्नुभएका कार्यक्रमको सन्चालन उपाध्यक्ष सुरेश भण्डारीले गर्नुभएको थियो ।