काठमाडौं, २३ कात्तिक ।
सल्यान एक यात्रुको यात्राकै क्रममा गाडीभित्र मृ`त्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडि`रहेको गाडीको सिटमै मृ`त्यु भएको हो।
राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र-०१००६-ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा वली मृ`त्यु भएको हो। सँगै यात्रा गरिरहेका वलीको मृ`त्यु भइसकेको कुरा गाडीभित्रका कसैले पनि थाहा पाएनन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका हवल्दार वीरेन्द्र खड्काले सेतोपाटीलाई दिएको जानकारीअनुसार सल्यानको बागचौर नगरपालिका- २ थारमारेमा आएर गाडी रो`कि`एपछि मात्रै वलीको मृ`त्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका हुन्।
‘थारमारेको शारदा हो`टलमा सोमबार दिउँसो साढे १ बजेतिर हायस गाडी आइपुगेको रहेछ,’ ट्राफिक हव´ल्दार खड्काले भने, ‘सबै यात्रु झ`रेर खाजा नास्ता खान गए पनि वली सिटमै थिए। खाजा खाएर फर्किएकी एक जना आफन्त महिलाले बोलाउन खोजेपछि बल्ल उहाँको मृ`त्यु भएको कुरा थाहा भएको हो।’
खड्काका अनुसार वली हायस गाडीको अगाडिको सिटमा एक्लै बसेका थिए।
‘अलि ठूलोखाले टोपी लगाएर थोरै घो`प्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृ`त्यु भएको होला भन्ने अ´न्दा´ज नै गरेका रहे`नछन्,’ खड्काले भने ‘खाना खाएर आइसकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खोज्दा नबो`लेपछि उनी बि`तिसकेको थाहा भयो।’
सिटमै बसेको अवस्थामा फे`ला परेका वलीको एउटा हात घुँडामा र अर्को हात कम्मरको सा`इडमा रहेको तथा अलिकति घो´प्टो परको हुँदा अन्य यात्रुले सु`तेको ठा`नेर कसैले घ´टनाबारे जानकारी नै नपाएको बया`न दिएको खड्काले बताए।
भतिजी नाता पर्ने ती महिलाले वली अ`ल्स´रको बिरामी रहेको प्रहरीलाई जानकारी दिएकी छिन्। घ`टनास्थलमा प्र`हरी आएर मुचु´ल्का तयारी पारी पो´ष्ट´मा´र्टमका लागि जिल्ला अस्पताल ख`लं´गामा पठाउने तयारी भइरहेको ट्राफिक प्र´हरी हवल्दार खड्काले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वली रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका- १२ नुवाकोटमा तिहारको टीका लगाउन गएका थिए। त्यहाँबाट फर्किदै गर्दा वलीको यात्राकै क्रममा मृ`त्यु भएको हो। सेतोपाटी बाट