काठमाडौं, २२ कात्तिक ।
रुपन्देही । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए अर्को संविधान बनाउने चेतावनी दिएका छन् । जसपा रूपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रोहिणी ३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका हुन् ।
अध्यक्ष यादवले संघीयता विरोधी कांग्रेस र कम्युनिस्ट मिलेर त्रुटिपूर्ण संविधान बनाएको भन्दै वर्तमान संविधानलाई सच्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।
संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए ।
‘कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण रहेको भन्दै उनले यो संशोधन नभए जनताले अर्को संविधान बनाउँछन् चेतावनी दिएका हुन् । अहिलेको संविधान मुलुकको सातौँ संविधान भएको र संविधान संशोधनतर्फ अगाडि नबढे जनताले आठौँ संविधान बनाउने उनले दाबी गरे ।साभार : news24nepal
नेकपा एकीकृत समाजवादीको विदेश विभाग सचिवमा डा. खतिवडा नियुक्त
काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको विदेश विभाग सचिवमा डा. शंकर खतिवडा नियुक्त भएका छन् । पार्टीको विदेश विभाग प्रमुख झलनाथ खनालको नेतृत्वमा सोमबार(आज) पार्टी कार्यलय मिनभवनमा बसेको बैठकले डा. खतिवाडालाई सचिवको जिम्मेवारी दिएको हो।
डा. खतिवडाले रसायन शास्त्रमा त्रिभुवन विश्वविद्यालय र जर्मनीको लाइब्निज इन्स्टिच्यूटबाट स्याण्डविच मोडलमा विद्यावारिधि गरेका छन् । साथै नेपाल ल क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक समेत गरेका छन् । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको व्यवहारिक विज्ञान तथा अनुसन्धान केन्द्र (रिकास्ट) मा पोस्ट डक्टरस् फेलोको रुपमा कार्यरत डाक्टर खतिवडाले पच्चीस भन्दा बढी मुलुकको भ्रमण गरेका छन् ।
यसैगरी आज बसेको बैठकले विश्व कम्युनिष्ट पार्टीको अध्ययन गर्ने, अध्ययन सामग्री निर्माण गर्ने, निर्णय गरेको विदेश विभागका उपप्रमुख प्रमेश हमालले जानकारी दिएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पार्टी काममा फर्किएपछि आज पहिलो बैठक बसेको हो। उनी नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपणपछि सार्वजनिक कार्यक्रमा निस्केका थिएनन् ।