अभिनेत्री साेनाक्षी सिन्हाकाे फिटनेस

रामेछाप खबर संवाददाता

काठमाडौं ।

बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरले उनका फ्यानहरु ‘चकित’ परेका छन् ।

फोटोमा उनको परिवर्तित शरिरलाई स्पष्ट देख्न सकिन्छ । उनले देखिने गरेर शरिरको तौल घटाएकी छन् । शरीरको तौल घटनाको भन्दै अहिले सोनाक्षीका फ्यानले उनको तारिफ गरिरहेका छन् ।

सोनाक्षीले घरमा व्यायाम गरिरहेको फोटो सामाजिक सञ्जाल इन्टाग्राममा पोस्ट गरेकी हुन् । फोटोको क्याप्सनमा उनले लेखेकी छन्, ‘जब डब्ल्युएफएचको मतलव वोर्कआउट फ्रम होम हुन्छ । अर्थात घरबाटै कसरत गर भन्ने हुन्छ । साथमा उनले सबैलाई घरमै रहन पनि आग्रह गरेकी छन् ।

फोटोमा उनका फ्यान मात्रै चकित बनेका छैनन् । बलिउडका चर्चित सेलिब्रेटीहरुले पनि उनी फरक देखिएको प्रतिक्रिया दिइरहेका छन् ।

सोनाक्षीलाई केहीले ‘बलिउडकै मोटी नायिका’ भनेर समेत टिप्पणी गर्ने गर्छन् । उनले बलिउड उद्योगमा छिर्ने बेलामा मात्रै ३० किलो तौल घटाएकी थिइन् । यतिधेरै तौल घटाउँदा पनि उनि पर्दामा मोटै देखिनिन्थन् ।

उनले एक अन्तवार्तामा आफू बलिउड छिर्नुभन्दा अघि ९५ किलो रहेको पनि बताएकी थिइन् ।