काठमाडौं, २२ कात्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीस राजीनामा दिनु पर्ने खालका भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको मर्यादा पालना नगरेकाले उनीहरु राजीनामा दिनुपर्ने खालका भएको बताए ।
उनले न्यायाधीसहरुले संविधानको पालना नगरेको आरोप लगाए । ‘उहाँहरु कसैले पनि संविधानको पालाना गर्नु भएको छैन’, ओलीले भने, त्यसैले उहाँहरु सबै राजीनामा दिनु पर्ने खालकै हुनुहुन्छ ।’
अदालत संविधानको व्याख्यातासम्म भएको भएपनि अहिले सर्वोच्च अदालत संविधान नै संशोधन गर्न लागि परेको ओलीले दाबी गरे । अध्यक्ष ओलीले भने, ‘अदालतले अहिले संविधानको व्याख्या गर्न छाडेर संविधानको धारा नै हेरफेर गर्न लागि परेको छ ।’ उनले जनताको सार्वभौम अधिकारमाथि सर्वोच्चले हस्तक्षेप गरेकै दिन न्याय मरेको बताए ।
उनले पत्रकारसँग प्रश्न गरे, ‘अहिले बल्ल न्याय मरेको थाहा पाउनु भो ? हामीले त पहिले नै न्याय मर्यो भनेका छौं ।’ नेपालमा न्याय मरेको कुरा छताछुल्ल भएपछि पत्रकारले थाहा पाएको भन्दै प्रधानन्यायाधीसको राजीनामा माग गर्ने अधिकार प्रजातन्त्रमा भएको बताए ।
उनले प्रधानन्यायाधीसविरुद्ध महाअभियोग लगाउने तागत सत्ता गठबन्धनसँग नभएको बताए । फरकधार