तिहार लगत्तै यति धेरैले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २२ कात्तिक ।

तिहार सकिएलगत्तै सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको बताएको छ । तिहार अगाडी अन्तिम पटक कारोबार भएको कात्तिक १८ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तिहारपछि पहिलोपटक बजार खुलेको आज कात्तिक २२ गते छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफका सिईओले दिए राजीनामा, यस्तो छ कारण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कायकारी अधिकृत (सिईओ) सन्तोष प्रसाईले राजीनामा दिएका छन् । कम्पनी सञ्चालक समितिका एक सदस्यले सिईओ प्रसाईले राजीनामा दिईएको जानकारी दिएका हुन् ।

प्रसाईलाई सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर, प्रसाई नेपाल लाइफ इन्स्योरेन्समा सिईओको रुपमा नियुक्त भएको ९ महिनामै बाहिरिएका हुन् ।

सोहि कम्पनीमा लामो समयसम्म डिपुटी सिईओका रुपमा काम गरेका प्रसाईलाई सञ्चालक समितिले उनको कार्यक्षमता मूल्याङ्कन गरेर नै जिम्मेवारी दिएको थियो । चार्टर्ड एकाउन्टेन्ट प्रसाईले बीमा समितिको जागिर छाडेर ४ वर्ष तीन महिना नेपाल लाइफमा काम गरे ।

सिईओमा प्रसाई नियुक्त भएको केहि समयदेखि नै कम्पनीको सञ्चालक समितिसंग मनमुटाव हुँदै आएको थियो । सञ्चालक समितिसँगको मनमुटावका कारण काम गर्न असहज स्थिती सिर्जना भएको कारण उनले सिईओ पदबाट राजीनामा दिईएको स्रोतको दाबी छ ।