काठमाडौं, २२ कात्तिक ।
काठमाण्डाै – काठमाण्डौको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । हिजो बेलुका बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक गोकर्णेश्वर-८ का स्वछन्द पुडासैनीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको पिपलको रुखमा ठोक्किएको थियो ।
राजधानीको बिजुलीबजारमा गुडिरहेको गाडीमा एकाएक आगो लागेपछि
सोमबार बिहान राजधानीको बिजुलीबजारमा गुडिरहेको एक गाडीमा अचानक आगलागी हुन पुगेको छ । तरकारी बोकेको बा१ज ९१९५ नम्बरको भ्यानमा अचानक आगलागी भएको हो । पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको भनाइ छ ।
आगलागीबाट गाडीको सिटलगायतका भित्रि भागमा क्षति पुगेको छ । आगलागी भएसँगै आगो स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । आगो चाँडै नियन्त्रणमा लिएकाले कम क्षति भएको काठमाडौं प्रहरीले जनाएको छ ।