एक युवकको त्यो किसले अर्बपति बनिन् काइली ?

रामेछाप खबर संवाददाता

काठमाडौं।

अमेरिकी रियालिटी टिभी स्टार तथा अर्बपति काइली जेनर विश्वभरी चर्चित छन् । काइलीले निकै कम उमेरमा निकै ठूलो व्यवसायिक साम्राज्य खडा गरिसकेकी छिन् । उनले १९ वर्षको उमेरमा काइली लिप किट नामबाट आफ्नो लिपस्टिक लाइन सुरु गरेकी थिइन् । पछि यो कस्मेटिक लाइनको नाम बदलेर काइली कस्मेटिक राखियो । यो व्यवसाय निकै सफल रह्यो र काइली सबैभन्दा कम उमेरमा अर्बपति बन्ने व्यक्ति बनिन् ।

अहिले काइलीले निकै रोचक खुलासा गरेकी छिन् । उनका अनुसार एक युवकले उनलाई कि’स गरिसकेपछि उनको ओठबारे नराम्रो टिप्पणी गरेका थिए र यही टिप्पणी उनी अर्बपति बन्नुको कारण हो किनकि यही टिप्पणीका कारण उनले कस्मेटिक व्यवसाय सुरु गरेकी थिइन् । काइलीका अनुसार उनले आफ्नो यो कस्मेटिक व्यवसायको सुरुवात कम आत्मविश्वासका साथ गरेकी थिइन् । इनसाइडरको रिपोर्टअनुसार आफ्नो चर्चित शो किपिङ अप विथ कार्दाशियन्सको रियुनियन एपिसोडमा कुरा गर्दै काइलीले आफ्नो डेटिङ जीवनमा आत्मविश्वासको कमी भएको बताइन् । खासगरी केटाहरुको किस र आफ्नो ओठका विषयमा उनीसँग आत्मविश्वासको कमी थियो ।

काइलीका अनुसार त्यतिबेला उनका ओठ निकै साना थिए । उनले आफ्ना ओठ साना भएर केही फरक पर्ला भन्ने पहिलो कि’सभन्दा अगाडि सोचेकी पनि थिइनन् । तर, पहिलो कि’स गरिसकेपछि ती युवकले काइलीलाई भनेका थिए ‘तिमी राम्रो किसर हौ तर तिम ओठ निकै साना छन् ।’ काइलीको यो कुरा सुनेर उनकी आमा क्रिस जेनर र उनकी दिदीहरुलाई पनि ध’क्का लागेको थियो । काइलीले भनिन् ‘त्यो दिनपछि मलाई लाग्न लागेको थियो कि म कि’स गर्न लायक छैन ।’

काइलीले अगाडि भनिन् ‘मलाई मेकअपसँग लगाव यसकारण भयो किनकि म आफ्ना ओठ ओभरलाइन गर्थें र मलाई आत्मविश्वास महसुस हुन्थ्यो ।’ यो रियुनियनको क्रममा काइलीले आफूले कोठ ठूला बनाउन सर्जरी गराएको पनि स्वीकार गरिन् । पहिले उनले अस्थायी इ’न्जेक्स’नमा’र्फत ओठ ठूलो बनाएको बताउँथिन् । काइली सबैभन्दा कम उमेरकी आफ्नै प्रयासले बनेकी अर्बपति हुन् । २३ वर्षकी काइलीकी एक छोरी स्टर्मी वेबस्टर छिन् । स्टर्मी काइली र र्यापर ट्रेभिस स्कटकी छोरी हुन् ।