ओलीलाई बाबुरामको कडा जवाफ, ‘पूर्वप्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन’

रामेछाप खबर संवाददाता

काठमाडौं, २१ कात्तिक ।

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो छोरी मानुषी यमी भट्टराई बेलायत पढ्न गएको प्रमाणित गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले डा. भट्टराईको आम्दानीमाथि प्रश्न उठाउदै छोरी मानुषी बेलायतमा पढेकोमा प्रश्न उठाएका थिए । डा.भट्टराईले ट्वीट गर्दै ओलीको सोही प्रश्नको जवाफ दिदै यस्तो चुनौती दिएका हुन् ।

उनले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘मित्र खड्ग प्रसाद जी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेलासँगै गएर संगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

‘बरु सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ’

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले बरु सरकार छोड्ने तर संविधान च्यात्न नदिने बताएका छन् । राजधानीमा देउसी भैलो कार्यक्रममा अध्यक्ष ओलीले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी भएको भन्दै यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, “हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ । लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ ।”

एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे । संविधानको रक्षा भएकाले सबै कार्यकर्ताले यसबारे जनस्तरमा चेतना फैलाएर आगामी निर्वाचनमा जित्ने गरी काम गर्न आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूलाई एमालेमा स्वागत गर्दै अबको निर्वाचनमा कर्णालीमा कुनै भ्रम छर्ने र दलाली गर्नेहहरुले नभई चेतनायुक्त पार्टी एमालेले जित्नुपर्छ भने । उनले पार्टी प्रवेश गराउनकै लागि आफू फेरि झापा र धनकुटाको भ्रमणमा जाने जानकारी गराए ।