टी-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो भारत !

रामेछाप खबर संवाददाता

काठमाडौं, २१ कात्तिक ।

काठमाण्डाै – अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । यूएईको आबुधाबीमा अफगानिस्तानले दिएको एक सय २५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । उसका लागि मार्टिन गुप्टिलले २८ र ड्यारेल मिचेलले १७ रन बनाए । केन विलियम्सनले ४० र डेवन कनवेले नटआउट ३६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा आठ विकेट गुमाएर एक सय २४ रन बनायो । उसका नजिबुल्लाह जदरानले ४८ बलमा ३ छक्का र चार चौकासहित ७३ रन बनाए । बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन विकेट लिए ।

आजको न्युजिल्यान्डकाे जितसँगै भारत पनि सेमिफाइनल नपुगी बाहिरिएको छ । यदि आज अफगानिस्तानले जितेको भए अफगानिस्तान, भारत र न्युजिल्यान्ड तीन वटै टोलीको सम्भावना रहने थियो । विश्व कपको सेमिफाइनलमा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान र न्युजिल्यान्ड पुगेका छन् ।

इंग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदै

इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज चार खेल हुँदैछन् । आज १० खेलमा ५ जित र ५ हार ब्यहोर्दै १०औं स्थानमा रहेको टोटेनहमसँग ११औं स्थानमा रहेको इभर्टनले सामना गर्दैछ । साथै, १२औं स्थानमा रहेको लेष्टर सिटी र १० अंक जोड्दै १७औं स्थानमा रहेको लिड्स युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ ।

आजको हुने अर्को खेलमा १४औं स्थानमा रहेको वाटफर्ड आफु भन्दा सात स्थान माथि रहेको आर्सनलसँग भिड्दैछ ।यी तिन खेल ७ः४५ बजे एकसाथ हुँदैछ ।

यस्तै, राति १०ः१५ बजे हुने अर्को खेलमा वेस्ट ह्याम र लिभरपुल भिड्दैछन् । तेस्रो स्थानमा रहेको लिभरपुलले २२ अंक जोडेको छ भने वेस्ट ह्याम चौथो स्थानमा रहेको छ । २० अंक जोडेको वेस्ट ह्याम १० खेलमा ६ जित २ हार र २ बराबरी खेलेको छ ।

लिभरपुल १० खेल खेल्दा अहिलेसम्म हार ब्यहोरेको छैन् । लिभरपुल र वेस्ट ह्याम बिचको खेल लण्डन स्टेडियममा हुनेछ ।