काठमाडौं, २१ कात्तिक ।
काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका–५, खारखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १८ जना घाइते छन् ।
गम्भीर अवस्थामा रहेका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले अधिकांश घाइतेको अवस्था गम्भीर रहेको बताए ।
आइतबार बिहान करिब ११ बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना२ख २५५२ नम्बरको बस दुर्घटना भएको थियो । बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन । घाइतेहरूको नामावली पनि खुलिसकेको छैन ।
सुपर स्ट्रक्टरबाट गठबन्धनको प्रधानमन्त्री जडान गरियो : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले सर्वोच्च अदालतको प्रयोग गरेर सत्ताबाट आफूलाई छुट्टी दिँदै आफ्नो प्रधानमन्त्री जडान गरेको बताएका छन् । जुन राज्य सत्ताको ‘सुपर स्ट्रक्चर’ बाट सम्भव भएको उनले बताए ।
कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यक्रमलाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेको ओलीले अदालतका कारण सत्ताच्युत भएकोप्रति दुःखेसो समेत व्यक्त गरे ।
ओलीले २८ असारमा सत्ताबाट बहिर्गमन हुनुपर्ने गरिको सर्वोच्चबाट जारी परमादेशलाई प्रतिगामी पनि भनेका छन् । ‘यस्तो प्रतिगामी परमादेश आउँछ । हामी सरकार छाड्न तयार छौं र तर संविधान तलमाथि हुन दिँदैनौ । लोकतन्त्र त्याग्न दिँदैन । एमाले यो अठोटमा भएकोले लोकतन्त्र जीवित छ’, ओलीले भने ।
उनले पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षी’ को संज्ञा दिए ।