काठमाडौं, २१ कात्तिक ।
दाङ– सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया नौ पुगेकोे छ । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
आइतवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।
पर्सा र बारा सीमानाकामा नेपाली नम्बरको सवारीसाधन भारत प्रवेशमा रोक
छिमेकी भारतको बिहार राज्यसँग जोडिएको पर्सा र बारा सीमानाकामा नेपाली नम्बरको सवारीसाधन भारत प्रवेशमा बन्द गरिएको छ । भारतका उपराष्ट्रपति वेङ्कैया नायडू बिहार मोतिहारीको पिपराकोठीमा आएकाले वीरगञ्ज रक्सौल नाकासहित पर्साका छोटी नाकाहरू आइतबार बिहानदेखि निजी सवारीसाधन प्रवेशमा रोक लगाइएको हो ।
भारतको मोतिहारीसँग नजिक रहेको सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको छ । आइतबार बिहानदेखि पैदल यात्रुहरूलाई भने रक्सौल आउजाउ गर्न दिइएको तर गाडीहरूको आवागमन भने पूर्णरूपमा रोकिएको छ ।