मलेशियामा नेपाली समुदायलाई गा’ली-गलौज गर्ने बंगाली प्रहरी हिरासतमा (भिडियो)

रामेछाप खबर संवाददाता

काठमाडौं, २१ कात्तिक ।

नेपाली समुदायलाई तथानाम गा’ली गर्दै सामाजिक संजालमा राख्ने एक युवकलाई मलेशियन प्रहरीले गिरफ्तार गरेको छ । नेपाली समुदाय, हिन्दु धर्म, इस्लाम धर्म बारे दीपावलीको बेलामा शान्ती सुव्यवस्थामा गडबडी हुने र सार्वजनिक व्यवस्थामा ख’तरा हुने गरी बयान दिएको भन्दै प्रहरीले शुक्रबार एक बंगलादेशीलाई पक्राउ गरेको हो ।

मलेशियाको जोहर शहरका प्रहरी प्रमुख दातुक अयोब खान मिडिन पिच्चेले २९ वर्षीय बंगाली युवकलाई शुक्रबार साँझ ७ः३० बजे जालान केम्पास बातु ७ १/२, बकरी, मुआरबाट पक्राउ गरिएको जानकारी दिए । “अनुसन्धानमा शं’कास्पद व्यक्तिको मलेशिया बसोबास गर्ने अनुमतिको म्याद सकिएको र उनी लामो समय मलेसियामा बसेको पाइएको छ। शं’कास्पदलाई थप अनुसन्धानका लागि १४ दिन हिरासतमा राखिएको छ।

शनिबार आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी प्रमुख दातुक अयोब खानले भने, ‘यो बंगालीको भनाइ सामाजिक सञ्जालमा भाईरल भैरहेको छ । ति बंगाली व्यक्तीले यस अघि मलेशियाकै हिन्दु तामिलहरु माथि पनि यस्तै किसिमको गा’ली गलौज गरेको खुलेको छ । उनले टिकटकमा मलेसियन हिन्दु समुदाय र मलेशियामा कार्यरत नेपालीहरुलाई गा’लीगलौज गरेको बुझिएको छ । उनले मलेशियमा मुस्लिम कानुन रहेको र आफु पनि मुस्लिम भएको कारण आफुलाई कसैले केहि गर्न नसक्ने ध’म्कि दिने गरेको पाईएको छ।

उनि माथि मलेशियन अप’राध संहिताको दफा ५०५ बमोजिम मुद्दाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उक्त मुद्दामा दोषी ठहर भए दुई वर्ष कैद र जरि’वाना वा दुवै सजाय हुन सक्छ । प्रहरीका अनुसार सञ्चार तथा मल्टिमिडिया ऐन, १९९८ को दफा २३३ बमोजिम रु ५ हजार रिंगिट जरि’वाना वा एक वर्ष कैद वा दुवै सजाय हुने गरी मुद्दा चलिरहेको छ ।

यसैबीच प्रहरीले अध्यागमन ऐन १९५९/६३ को दफा १५ (१) (सी) बमोजिम पनि ति व्यक्तिमाथि अनुसन्धान भइरहेको बताएको छ । जसमा १० हजार रिंगिट जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । “विभिन्न जाति र धर्म भएको मलेसियामा जातीय एकताको सम्मान गर्न विदेशी होस् वा स्थानीय सबै समुदायलाई जोहोर प्रहरीले पत्रकार सम्म्लेलन मार्फत आग्रह पनि गरेको छ ।
https://www.facebook.com/watch/?ref=external&v=308335571113312