काठमाडौं, २१ कात्तिक ।
हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । आठ जना पैदल यात्रु घाइते भएका छन् ।
गए राति बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र अरू तीन जनाको चितवनमा उपचार गरी सात जना डिस्चार्ज भएका छन् । एक जनाको चितवनमा उपचार भइरहेको छ । घटनापछि बसमा आगजनी भएको छ ।
आगो निभाउन पुगेको दमकल पनि स्थानीय बासिन्दाले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल घाइते भएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो । साभार : उज्यालो
हेटौंडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।
आज प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना
काठमाण्डाै – आज प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद्का अनुसार यी प्रदेशका केही हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना छ ।
अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको मौसम आज सामान्य बद्ली हुने सम्भावना छ ।
अरू ठाउँमा भने आंशिक बद्ली हुनेछ । पानी पार्ने प्रणाली नभएकाले केही दिन ठुलो पानी पर्ने सम्भावना छ । देशका धेरै ठाउँमा बिहान र बेलुका चिसो बढ्दै गएको छ ।