काठमाडौं ।
काठमाडौं : मलेसिया स्थित नेपाली दूतावासले नयाँ श्रमिक आउन पाउने बारेमा मलेसिाय सरकारका तर्फबाट दूतावासमा कुनै जानकारी प्राप्त नभएको स्पष्ट पारेको छ । मलेसियामा रोजगारी खुलेको र राजदूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा स्पष्ट पार्दै दूतावासले यस्तो बताएको हो ।
मलेसिया स्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै भिषाको म्याद कायम भएका व्यक्तिलाई रोजगारदाताले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सातदिनको क्वारेण्टीनमा बस्नेगरी मलेसिया आउन पाउने व्यवस्था गरिएको बताएको हो ।
तर नयाँ श्रमिक आउन सक्ने विषयमा भनें मलेसिया सरकारबाट कुनै जानकारी प्राप्त नभएको विज्ञप्तीमा जनाइएको छ । कोभिड-१९ को प्रभाव नियन्त्रण गर्न मलेसियाले सन् २०२० को मार्च १८ देखि लागु गरेको आवागमन नियन्त्रणसँगै स्थगित गरिएको मागपत्र प्रमाणीकरणको काम हालसम्म सुचारु नगरिएको पनि दूतावासले जनाएको छ ।
मागपत्र प्रमाणीकरणकोक ाम सुरु हुनासाथ यसका बारेमा जानकारी दिईने भन्दै दूतावासले मागपत्र प्रमाणीकरण भएको जानकारी फेम्स मार्फत श्रमिक छनौट गर्ने वारेसनामा प्राप्त गरेका वैदेशिक रोजगार व्यवसायी संस्थाहरुलाई पुग्ने भएकोले यस बाहेक अन्य कुरामा भ्रममा नपर्न पनि सम्वन्धित सवैलाई दूतावासले जानकारी गराएको छ ।
कुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद
दोहा : कुवेतमा प्रतिबन्धित ९० बोतल घरेलु मदिरासहित तीन नेपाली पक्राउ परेका छन् । स्थानीयस्तरमा उत्पादित र आयातित ९० बोतल मदिरासहित तीन नेपाली बुटलेगरलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँको सल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएको सुरक्षाकर्मीले फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडी नजिक प्रहरी पुगेपछि गाडीका चालकले भाग्न खोजेका थिए ।
चालकलाई पक्राउ गर्दा गाडीको डिकीमा ठूलो परिमाणमा स्वदेशी गाँजा र आयातित मदिरासहित ती नेपालीलाई पक्राउ गरिएको हो। चालकसँगै अरु दुई जना नेपाली नागरिक रहेको कुवेत प्रहरीले जनाएको छ । उनीहरुलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको परिचय भने खुलाईएको छैन ।
यसघि पनि कुवेत प्रहरीले विभिन्न समय अबैध घरेलु मदिराको भट्टी सन्चालन गरि बिक्री वितरण गरेको अभियोगमा सयौ नेपालीहरुलाई पक्राउ गरि डिपोर्ट गरिसकेको जनाएको छ । कुवेतमा मदिराको कारोबार अबैधानिक मानिन्छ । खबरहब बाट