प्रियंकाको घर जादाँ स्वस्तिमाको गाढी तोडफोड (भिडियो सहित)

रामेछाप खबर संवाददाता

काठमाडौं ।

नायिका स्वस्तिमा खड्काको गाडीमा तोडफोड भएको छ । बुधबार नायिका प्रियंका कार्कीको घरमा अन्तर्वार्ता दिन पुगेकि स्वस्तिमाको गाढीमा तोडफोड भएको स्वस्तिमार दिपाश्री निरौलाले बताएकि छिन् । ‘चपचप डायरीज’ कार्यक्रमकालागि कार्कीको घर पुगेकि स्वस्थिमाको गाडी काचाककुचुक भएको दिपाश्री निरौलाले बताएकि छिन् । भर्खरै नयाँ गाडी किनेकि स्वस्तिमाको गाडी बिग्रिएपछि निश्चल बस्नेतकी श्रीमति चिन्तित भएकि छिन् ।

के भन्छन् प्रियंकाको श्रीमानः आयुष्मान देशराज जोशीले भने आफैँले गाडी हाकेर भित्र लग्छु भन्दा समेत स्वस्तिमाले अटेर गरेका बताएका छन् । स्वस्तिमाले नै एक अन्तर्वार्तामा आफ्नै गल्तिका कारण गाडी काचाककुचुक भएको स्वीकारेकि छिन् । यता, प्रियंकाले भने यस विषयमा मौन देखिएकि छिन् । उनले स्वस्तिमाको गाढीका बारेमा कुनैपनि प्रतिक्रिया दिएकि छैनन् ।

कलाकार बोलाउदैँ पैसा कमाउदैँ आयन्काको आमाः आयन्काको आमा प्रियंकाले कलाकारहरुलाई बोलाउदैँ पैसा कमाइरहेकि छिन् । उनले नेपाली कलाकारहरुलाई बोलाएर साक्षत्कर गर्ने गरेकि छिन् । चर्चित कलाकारहरुलाई बोलाएर अन्तर्वार्ता लिने गरेकि प्रियंकाले हरेक अन्तरवार्ताबाट लाखौँ पैसा कमाइरहेकि छिन् । यतिमात्र नभएर उनले ब्राण्डको प्रचारप्रसार गरेर थुप्रै कमाई गरिरहेकि छिन् । उनले हालसम्म समिर घिसिङ, दिलिप रायमाझी, आफ्नै सासु रविना देशराज जोशि, लेक्स लिम्बु लगायत चर्चित हस्तिहरुको अन्तरवार्ता लिइसकेकी छिन् ।

भिटेनको भिडियो रुचाईयोः हालसम्म प्रियंकाले सार्वजनिक गरेको भिडियोमा समिर घिसिङ एकेए भिटेनलाई अत्याधिक रुचाइएको छ । उक्त भिडियो हालसम्म १० लाख बढिले हेरिसकेका छन् । सो भिडियोबाट प्रिंयंकाले एक लाख रुपैँया कमाएको अनुमान एक भिडियो निर्माताले बताएका छन् । भिटेन युवापुस्ताका लोकप्रिय गायक हुन् । उनको चर्चा दिनानुदिन बढिरहेको छ । हालै उनले सार्वजनिक गरेको ‘गल्लि सडक’ बोलको गित शिर्ष स्थानमा छ । त्यसैगरि, ‘रत्नपार्क’ नामक फिल्ममा भिटेन १५ लाख रुपैँयामा अनुबन्धित भइसकेका छन् ।

प्रियंकालाई आयुष्मानको साथः प्रियंकाले सार्र्वजनिक गर्ने हरेक भिडियो उनी आफैँ तयार पार्छिन् । भिडियो इडिटिङ देखि क्यामेराका कामहरु सबै आयुष्मान र प्रियंकाले गर्छन् । कुनै पनि बाह्य जनशक्ति प्रयोग नगरि प्रियंकाले राम्रै आम्दानि गरिरहेकि छिन् । आम्दानि मात्र नभएर आयन्काको लागि समेत १० वर्ष सम्मको लागि कपडाहरु उपहार पाएकि छिन् । आयुष्मानलाई कुनै पनि निर्देशक तथा निर्माताले नपत्याएपनि प्रियंकाले भने राम्रै रोजगार दिएकि छिन् । जे होस्, गर्भवति र सुत्केरी अवस्थामा समेत प्रियंकाको आम्दानि रोकिएको छैन ।

फिल्ममा छिट्टै देखिनेः प्रियंका नेपाली फिल्म क्षेत्रमा झण्डै १ वर्ष देखि बाहिर छिन् । अर्थात्, उनले अहिले कुनै पनि फिल्ममा अभिनय गरेकि छिन् । अभिनय पनि कसरी गरुन्, जबकि उनको शरिरले नै उनलाई अभिनय गर्न दिदैँन । सुत्केरी भएकाले पनि उनी फिल्ममा नदेखिएकि हुन् । तर, केहि महिनामै उनी फिल्ममा देखिने उनी निकटस्थले बताएका छन् । प्रियंकाको अभिनय हेर्न दर्शकहरु आतुर छन् । उनको फिल्म छिट्टै आओस्, शभुकामना !