जुम्रा परेर हैरान हुनुभएको छ ? हटाउने तरिका थाहा पाउनुहोस्

रामेछाप खबर संवाददाता

काठमाडौं ।

मानिसको टाउकोमा जुम्रा परेपछि अत्यन्त चिलाउँछ । यसले मानिसको व्यक्तित्वमा त असर पार्ने मात्र होइन, स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ ।
सामान्यतया तिलको आकारको हुने जुम्रा खैरो र कालो रंगको हुन्छ । यसले रगत खाने गर्छ । एउटा जुम्राले एक दिनमा कम्तीमा ८ वटासम्म अण्डा पार्न सक्छ । जुम्राले पारेको अण्डालाई लिखा भनिन्छ । सामान्यतया ३० दिनको आयू हुने जुम्रा कसरी हटाउने त ?

– धेरै जुम्रा परेको भए राम्रो खाले काँइयोको प्रयोग गरेर पनि कपालमा रहेको जुम्रा र स–साना अण्डाहरु हटाउन सकिन्छ । – जुम्रा नपरोस् भन्न अरुले प्रयोग गरेको काँइयोको प्रयोग गर्नु हुदैँन । – कपालबाट जुम्रा हटाउन चिकित्सकको सुझाव अनुसारको साबुन, क्रिम वा औषधी प्रयोग गर्न सकिन्छ ।

– जुम्रा मार्ने साबुनको प्रयोग गरेपछि कपाल सुकाउने मेसिनको प्रयोग गर्नु हुँदैन । – औंषधीको प्रयोगले जुम्रा नष्ट हुन्छ तर लिखा हुँदैन । तसर्थ काँइयो वा अरुको मददतले लिखालाई हटाउनु पर्दछ । – कपाललाइ कम्तिमा पनि साताको दुई पटक नुहाउँदा जुम्रा पर्ने सम्भावना न्युन हुन्छ ।

गर्भावस्थामा भुलेर पनि नखानुहोस् यी खानेकुरा

अन्य समय भन्दा गर्भावस्थामा महिलाले आफ्नो बढी ख्याल गर्नुपर्ने हुन्छ । यो समयमा महिलाले आफ्नो खानपानदेखि लगाउने कुरासम्म ध्यान दिनुपर्ने हुन्छ । गर्भावस्थामा भएको सानो गल्तीले पनि गर्भमा हुर्किरहेको बच्चालाई असर पार्न सक्छ ।

– पहिलो चोटी आमा हुन लागेको महिलाले आफ्नो हरेक कुराको ख्याल गर्नु पर्दछ । – यो अवस्थामा सन्तुलित आहार खानु निकै आवश्यक र महत्वपूर्ण हुन्छ । – सामान्यतया गर्भावस्थामा फास्टफुड र फ्रोजन खाने कुरा खानु हुदैन । – यो बेला धेरै दिनसम्म राखेका खानेकुरा पनि खानुहुदैँन ।

– बढी नुन प्रयोग भएको खाना खादाँ शरीर सुन्निने र उच्च रक्तचाप हुने सम्भावना हुन्छ । –गर्भावस्थामा घ्यूकुमारीको प्रयोग गर्नाले रक्तश्राव हुने सम्भावना बढी मात्रामा हुन्छ । – माछामा पारो धातु पाइने भएकाले यसको सेवन आमा र बच्चा दुबैलाई घातक हुन्छ । भुँईकटहरमा ब्रोमलिन हुन्छ । तसर्थ यसको सेवन गर्नाले प्रसव पीडा हुने हुन्छ ।

–अण्डामा साल्मेनोला स्पिसज ब्याक्टेरिया हुन्छ, यसले इन्फेक्सन गराउने सम्भावना हुन्छ । – अण्डा पचाउन पनि कठिन हुन्छ । – हरियो आलुमा सोलेनिन एन्जाइम पाइन्छ । जसका कारण गर्भपतन हुने सम्भावना हुन्छ । – मदिरामा सुगर बढी हुन्छ, गर्भावस्थामा मदिरा सेवनले गर्भपतनको सम्भावना हुन्छ ।– जंकफुड सेवन गर्नाले शरीरमा न्यूट्रिएट्सको कमी हुन्छ ।