भ्रममा नपरौँ, माओवादीले यथास्थितिमा एमसीसी पास गर्दैन् : नारायणकाजी

रामेछाप खबर संवाददाता

काठमाडौं, २० कात्तिक ।

काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न नसक्‍ने बताएका छन् ।

‘नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसद्‌बाट पारित गर्न सकिन्‍न’ नेता श्रेष्ठले ट्‍वीट गरेका छन् ‘यो नै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो । त्यसैले कुनै भ्रममा नपरौं ।’ इकागज

प्रेस सेन्टरका दुई पुरस्कार

प्रेस सेन्टर नेपाल बागलुङ शाखाले दुई पत्रकारिता पुरस्कार स्थापना गरेको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवङ्गत बुबाआमाका नाममा रु एक÷एक लाखको पुरस्कार कोष खडा गर्नुभएको हो ।

थापाले बुवा भक्तबहादुर र आमा जगकुमारीको स्मृतिमा ‘भक्त–जग स्मृति पत्रकारिता पुरस्कार’ र खड्काले बुबा श्यामबहादुर र आमा चन्द्रकलीको नाममा ‘श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार’ स्थापनाका कोष खडा गर्नुभएको अध्यक्ष थम्मन थापा ‘सन्देश’ले बताउनुभयो।

दुवै पुरस्कारको घोषणा प्रेस सेन्टरको पाँचौँ जिल्ला सम्मेलनका अवसरमा घोषणा गरिएको थियो । जिल्लामा रहेर निष्पक्ष, व्यावसायिक तथा खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट दुई जनालाई वर्षेनी पुरस्कृत गरिने उहाँको भनाइ थियोे ।

“पुरस्कारको छुट्टै कार्यविधि बन्छ, अक्षयकोषबाट आउने ब्याज रकमबाट पुरस्कार प्रदान गरिनेछ”, अध्यक्ष थापाले भन्नुभयो, “जिल्लामा क्रियाशील पत्रकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो ।” अक्षयकोषदाता थापाका बुवा भक्तबहादुर तत्कालीन मल्म गाविस वडा नं ७ को वडासदस्य र खड्काका बुवा श्यामबहादुर वडा नं ९ को वडाध्यक्ष हुनुहुन्थ्यो । दिवङ्गत बुवाआमाको सम्झनालाई चीरस्थायी बनाउन पत्रकारिता पुरस्कार कोष खडा गरिएको हो ।

यस पुरस्कारले पत्रकारितामार्फत समाज रुपान्तरणमा टेवा पु¥याउने पत्रकारलाई अभिप्रेरित गर्ने अपेक्षा गरिएको छ । अक्षयकोषदाता थापा जापानस्थित गलकोट समाजका पूर्वअध्यक्ष र खड्का घुम्टे युवा परिवार जापान शाखाका सल्लाहकार हुनुहुन्छ । विसं २०६४ मा स्थापित प्रेस सेन्टरले पत्रकारिता क्षेत्रको विकासका लागि रचनात्मक क्रियाकलाप गर्दै आएको छ ।