काठमाडौं, २० कात्तिक ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तिहार तथा नेपाल संवत ११४२ को उपलक्ष्यमा शुभकामना सन्देश दिने क्रममा पनि एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गरेका छन् ।
ओलीको नाम नलिई नेकपा एसका अध्यक्ष नेपालले व्यक्तिवाद, अहंकार, घमण्ड र एकाधिकारवादी सोँचको अन्त्य गर्न सबैलाई अभिप्रेरित गरोस् भन्ने शुभकामना दिएका छन् ।
नेपालले भनेका छन्- तिहार र नेपाल सम्बत्ले खराब प्रवृत्तिको अन्त्य सहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एक आपसको सम्मान अनि एकतामा जोड दिए जस्तै नेपाली समाजमा विविध क्षेत्रबाट देखाइएका दंभ, अहंकार, घमण्ड, व्यक्तिवाद, मपाइत्व र एकाधिकारवादी सोंचको अन्त्य गरी समाजलाई सहअस्तित्व सहितको असल बाटोमा अगाडि बढाउन हामी सबैलाई अभिप्रेरित गर्न सकोस् ।
नेपालले ओलीमा ती सबै प्रवृति रहेको भन्दै पटक पटक आलोचना गर्दै आएका छन् ।
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम?
काठमाडौं- आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। अन्य प्रदेशमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।