दाजुभाईलाइ टिका लगाइदिन तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी महिला खोलामा खसेर बेपत्ता

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ कात्तिक ।

जाजरकोट – बारेकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा ख’सेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मी सिंहसहित ख’सकी हुन् ।

खसेको केही समयभित्रै खोलाले ब’गाएर आमा बे’पत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । मुख, टाउको र शरीरमा ग’हि’रो चो’ट लागेकाले छोरीको अवस्था ग’म्भीर रहेको उनले बताए ।

छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बे’पत्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना रहेका छन् ।

एक जना बे’पत्ता भएको प्रहरीले जनाएको छ । दश जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बे’पत्ता भएको प्रहरीले जनाएको छ । घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।