काठमाडौं ।
महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्त्व छ नाइटो अर्थात् नाभिको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र व्यवहारबाट समेत थाहा नपाएको कुरा नाभिबाट थाहा हुन्छ ।
समुद्र शास्त्रका अनुसार जुन स्त्रीको नाभि लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्मविश्वास बढी हुन्छ ।यस्ता स्त्रीहरू आफ्नै खुट्टामा उभिन चाहने र स्वाभिमानी हुन्छन् । यिनीहरूको चिनजान गर्ने र घुलमिल हुने स्वभाव हुन्छ । यसकै कारणले पुरुषहरूसँग उनीहरूको सम्बन्ध भने समय समयमा समस्यामा पर्छ ।
ज्योति शास्त्रको एउटा शाखा समुन्द्र विज्ञानमा शरीरमा भएका चिन्हका आधारमा व्यक्तिको भविष्यको विश्लेषण गरिन्छ । शरीरमा पाइएका यस्ता निशानाहरू हाम्रो भविष्य र चरित्रका बारे धेरै कुरामा बताउँछन् । समुन्द्र शास्त्रमा सु कन्या यानेकी सुन्दर युवतीका बारेमा पनि उल्लेख छ ।
यस्ती कन्या एकदमै भाग्यशाली हुन्छन् । जसका भाग्यका आधारमा पति र परिवार सुखमय हुनुका साथै धनवान् पनि हुन्छ समुन्द्र शास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली पहिचान यसरी गर्न सकिन्छ ।– जुन स्त्रीका आँखा मृगनयनी र सेतो भागको अन्तमा रातो लागेको हुन्छ, त्यस्ता युवती अत्यन्तै भाग्यशाली र सुखभोग गर्ने हुन्छन्।
– जसको जी ब्रो रातो र कमलो हुन्छ । यस्ता युवती आफू सुखभोग गर्ने र परिवारलाई पनि सुख दिने खालका हुन्छन् ।– जुन स्त्रीको नाइटो गहिरो र भित्रबाट उठेको हुँदैनन्, त्यस्ता युवतीहरूको जीवन सुखमय हुन्छ ।-नाकको अग्र भागमा कोठी हुने युवती धन भरिपूर्ण हुन्छन् । उनीहरू धनधान्य जीवन जिउँछन् ।
-युवतीको पैतालामा कमलको चक्र र शंखको चिन्ह हुनुलाई एकदमै शुभ मानिन्छ । यस्ता युवतीका श्रीमान् उच्च अधिकारी, ठुला व्यापारी र वरिष्ठ राजनेता हुन्छन्, यी स्वयं पनि उच्च तहमा रहन्छन् ।-जुन युवतीको बुढी औँला सर्प आकारको हुन्छ त्यस्ता युवतीहरू धनी हुन्छन् ।– पैतालामा त्रिकोणको चिन्ह भएका युवतीहरू चतुर हुन्छन् । यिनीहरू आफ्नो बुद्धि र समझदारीले परिवारलाई खुशीसाथ राख्छन् ।
– नाइटोको तल कोठी हुने युवतीहरू भाग्यमानी र पूरा जीवन सुखका साथ बिताउने मानिन्छ ।– समुन्द्र शास्त्रका अनुसार जुन युवतीहरूको बुढी औला उठेको हुन्छ वा गोलो अथवा रातो हुन्छ त्यस्ता युवतीहरू अत्यन्त भाग्यशाली हुन्छन् । यदि बुढी औला लामो भएमा जीवनमा धेरै कष्टको समान गर्नुपर्ने मानिन्छ ।