उत्सब संग फेरी रोमान्टिक मुडमा नायिका पुजा शर्मा

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ कात्तिक ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूजा शर्माको वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धुपाल्चोकमा पूजाको जन्म भएको हो । पूजाले आफ्नो करिअरको सुरुवात चलचित्र ‘थ्रि लभर्स’बाट सुरु गरेकी हुन् तर फिल्म ‘प्रेमगीत’बाट भने उनको करिअर चम्कियो ।

पूजाले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट भयो । पूजाले ‘प्रेमगीत’ अगाडि ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’ लगायतका चलचित्रमा काम गरेकी थिइन् ।पूजाको करिअरको टर्निङ पोइन्ट निर्देशक सुदर्शन थापासँग भेटपछि भएको मानिन्छ ।

सुदर्शनले उनीसँग ‘मधुमास’पछि निरन्तर सहकार्य गर्दै आएका छन् । सुदर्शनको निर्देशनमा पूजाले ‘मधुमास, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।

पूजा पछिल्लो समयकी चर्चित र महंगी नायिका हुन् । उनले चलचित्रमा अभिनय गरेको १५ लाख भन्दाप माथिको पारिश्रमिक वुझ्दै आएकी छिन् ।पछिल्लो समय पुजा रंगपत्रकार उत्सव रसाइली लगायतसँग रोमान्टिक मुद्रामा क्लबमा रमाएका तस्बिर सार्वजनिक भएका छन् । जहाँ उनीहरू निकै खुलेको देख्न सकिन्छ ।तस्बिर- पत्रकार उत्सव रसाइलीको फेसबुकबाट