खुशीको खबर : कतारमा अब विदेशी कामदारले कतारी नागरिक जस्तै सुविधा पाउने !

रामेछाप खबर संवाददाता

काठमाडौं ।

कतार सरकारले विदेशी श्रमिकको लागि स्वास्थ्य विमा अनिवार्य गरेको छ । स्वास्थ्य विमा अनिवार्य अनिवार्य भएपछि विदेशी कामदारलाई फाइदा हुने भएको छ ।
कतारको जनस्वास्थ्य मन्त्रालयले कानुन नं (२२), २०२१ का विषयमा स्पष्ट पार्दै कतारमा स्वास्थ्य विमाका सम्वन्धमा गरिएको नयाँ व्यवस्था गरिएको स्पष्ट पारेको छ ।

अनिवार्य गरेको स्वास्थ्य बिमाको ब्यय भार स्वतह रुपमा रोजगारदाता कम्पनीको भागमा जाने भएको हुँदा कम्पनीको टाउको दुखाइको बिषय बनेको जानकार बताउछन् । कतारका शेख तामिम विन हमाद अल थानीले सो नयाँ कानुन जारी गरेका हुन् । सो कानुन सरकारी गजेटमा प्रकाशित भएको ६ महिना पश्चात लागु हुनेछ ।

द पेनन्सुला कतारका अनुसार नयाँ कानुन अनुसार कतारमा कार्यरत सम्पूर्ण विदेशी श्रमिक तथा भ्रमण भिसामा आउनेहरुको समेत स्वास्थ्य विमा अनिवार्य गरिएको छ । सो विमा अन्तर्गत आधारभूत स्वास्थ्य सेवा प्राप्त हुने जनाइएको छ ।

नयाँ कानुनले रोजगारदातालाई उनीहरुसँग काम गर्ने श्रमिकहरुको विमा गर्नुपर्ने व्यवस्था गरेको छ । ति श्रमिकहरु विमा कम्पनी मार्फत जनस्वास्थ्य मन्त्रालयमा दर्ता हुनेछन् । विमामा दर्ता भएपश्चात ६ महिना पछि विमा कार्यान्वयनमा आउने समाचारमा जनाइएको छ । यसका बारेमा निकट भविष्यमा नै मन्त्रालयले थप जानकारी दिने समाचारमा उल्लेख छ ।

यी ६ योग्यता हुनेलाई २ महिना अमेरिकी दूतावास काठमाडौंबाट विद्यार्थी भिसा उपलब्ध हुने

योग्यताका मापदण्डहरु पूरा गरेकाहरुलाई अमेरिकी दूतावास काठमाडौंले डिसेम्बर ३१ सम्म विना अन्तरवार्ता विद्यार्थी भिसा उपलब्ध गराउने भएको छ । तर उनीहरुले विगतमा कुनै पनि प्रकारको भिसा प्राप्त गरेको हुनुपर्नेछ । तत्कालैदेखि लागु हुनेगरी एफ, जे र एम भिसा आवेदकलाई विना अन्तरवार्ता भिसा उपलब्ध गराइने दूतावासले जनाएको छ ।

एफ, एम र जे भिसामा अन्तरवार्ता छुट पाउनका लागि नेपालको नागरिक हुनुपर्ने वा विगत ६ महिनादेखि नेपालमा बसोबास गरेको हुनुपर्ने, विगतमा कुनै पनि प्रकारको अमेरिकाको भिसा जारी भएको हुनुपर्ने, अन्तिमपटक कुनै पनि प्रकारको भिसाका लागि दिएको आवेदन अस्वीकृत नभएको हुनुपर्ने, पछिल्लो भिसा खारेज भएको, चोरी भएको वा हराएको हुन नहुने लगायतका मापदण्ड पूरा गर्नुपर्नेछ ।

त्यस्तै विगतमा भिसा लिंदाको नाम, जन्ममिति, जन्मस्थान, राष्ट्रियता परिवर्तन भएको हुनुहुदैन भने परिवर्तन भएको खण्डमा उचित कारण पेश गर्नुपर्नेछ । विगतको अमेरिका भ्रमणका क्रममा अमेरिकाका अध्यागमन कानूनको पालना गरेको हुनुपर्नेछ । विगतमा जारी भएको भिसा विद्यार्थी भिसा नै हुन जरुरी छैन, कुनै पनि प्रकारको गैर आप्रवासी भिसा जारी भएकाहरुले विना अन्तरवार्ता विद्यार्थी भिसा पाउन सक्नेछन् ।

आवेदकले सुरुमा अनलाइन प्रोफाइल बनाउनुपर्नेछ । त्यसपछि आवेदन प्रकृयामा लैजानुपर्नेछ । दुईप्रति अन्तरवार्ता छुट कन्फर्मेशन पत्र प्रिन्ट गरेर ६ वटामध्र्ये एउटा कागजात डेलिभरी सेन्टरमा आफ्ना कागजातहरु बुझाउनुपर्नेछ । पासपोर्टसहित सबै कागजातहरु डेलिभरी सेन्टरमा बुझाएपछि भिसा प्राप्त गर्न सकिनेछ । दूतावासमा कुनै अप्वाइन्टमेन्ट लिन आवश्यक पर्नेछैन ।

कागजात बुझाउँदा अनलाइनबाट प्रिन्ट गरेको अन्तरवार्ता छुटको पत्र, कम्तीमा ६ महिना अवधि भएको पासपोर्ट, पछिल्लो अमेरिकाको भिसा भएको पासपोर्ट, डीएस १६० भरेको कन्फर्मेशन पेज, शुल्क तिरेको रिसिप्ट, ६ महिनाभित्र खिचेको फोटो, आई २० को प्रतिलिपी र ओरिजिनल ट्रान्सक्रिप्ट, जे भिसाका लागि ओरिजिनल डीएस २०१९ लगायतका कागजातहरु पेश गर्नुपर्नेछ । फोटो विगतको भिसामा प्रयोग भएको भन्दा फरक हुनुपर्नेछ । khasokhas बाट साभार