काठमाडौं, १९ कात्तिक ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । शक्रुबार डलर स्थिर देखिएको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । विहीबार एक डलर खरीद ११८ रुपैयाँ ८४ पैसा रहेको थियो विक्री दर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । बुधबार डलरको भाउ ११९ रुपैयाँ ७९ पैसा रहेको थियो यो २३ दिनयताको सबैभन्दा कम रहेको थियो ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९६ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३९३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८२ पैसा तोकेको छ ।