क्वालालम्पुर ।
मलेसिया स्थित नेपाली राजदूतावासको आयोजनामा पेनाङ्ग राज्यमा कार्यरत नेपाली श्रमिकहरुलाई सहयोग पुर्याउने हेतुले कन्सुलर सेवा तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
यहीँ मिति सन् २०२१ नोभेम्बर १४ तारिख आईतवारको दिन बिहान १०:०० बजेदेखि दिउँसो ०३:०० बजेसम्म आईछोरा होटेल पेराई पेनाङ ( ixora hotel penang,perai ) मा सो कन्सुलर सेवा तथा अन्तरक्रिया आयोजना हुने दूतावासले एक सुचना सार्वजनिक गरि जनाएको हो।
सो कन्सुलर सेवा मार्फत आफ्नो म्याद सकिएको पुरानो राहदानी नविकरण (रिनियु) गर्न अथवा नेपाल फर्किनलाई यात्रा अनुमतिपत्र बनाउन आवश्यक परेका पेनाङ्गमा बसोबास गर्ने नेपालीहरुले नोभेम्बर १२ तारिखसम्ममा Link- shorturl.at/vxGU0 यस् लिङ्कमा क्लिक गरेर अनिवार्य रुपमा आफ्नो बिवरण भर्नलाई दूतावासले अनुरोध गर्नुभएको छ।
साथै सो कन्सुलर सेवामा उपस्थित भएर श्रम सम्बन्धि सेवा अथवा आफू कार्यरत कम्पनीमा कुनै समस्याको गुनासो भएको खण्डमा समाधान चाहनुहुनेले आफ्नो र कम्पनीको बिवरण सहित स्पष्ट खुलाइएको निवेदन सहित उपस्थित भएर दूतावाससंग सहयोग लिई लाभ लिन सकिने जनाएको छ।