काठमाडौंको नयाँ बानेश्वरमा घट्यो यस्तो अनौठो घट्ना, प्रहरी समेत चकित !

रामेछाप खबर संवाददाता

काठमाडौँ, २६ असोज ।

काठमाडौंको नयाँ बानेश्वरस्थित नवनिर्मित आकासेपुलबाट हाम फालेर आत्महत्याको प्रयास गर्ने एक युवकको उद्धार गरिएको छ। सोमबार साँझ ८ बजे ती युवक पुलमा चढेर हाम फाल्ने प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयले हाम फाल्नबाट रोकेका थिए।

प्रहरीले उनको करिब साढे ८ बजे उद्धार गरेको छ। पुलको माथिल्लो भागमा चढेका ती व्यक्ति तीनकुने क्षेत्रतिर मुख फर्काएर बसेका थिए। प्रहरीले पुलमुनि भएर गुड्ने गाडीलाई परै रोकेको थियो भने एउटा लामो खाले ट्रक पुल मुनि मुख्य सडकको दायाँ बायाँ हुने गरि खडा गरिएको थियो। केही प्रहरी पुलमाथि चढेर युवकलाई ओर्लन आग्रह गरेका थिए तर, ती व्यक्ति हाम फाल्ने बताइरहेका थिए।

एक जना प्रहरी पुलको माथिल्लो भागमा चढेपछि भने युवक ओर्लने प्रयासमा अत्तालिएर पुलमा बजारिएका थिए। युवकलाई प्रहरीले अर्धचेत अवस्थामा सिभिल अस्पताल पुर्याएको छ। उनकाे परिचय खुलेको छैन। प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति मदिरा सेवन गरेर ८ बज्नु अघि नै पुलको माथिल्लो भागमा चढेका थिए। उनको हातमा चक्कुसमेत थियो।

युवकको उद्धार गर्ने प्रयासमा माइतीघर–तीनकुने सडक केहीबेर अवरुद्ध भएको थियो।

तनहुँमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

चितुवाको आक्रमणमा परी तनहुँमा पुनः एक बालिकाको मृत्यु भएको छ। बन्दिपुर गाउँपालिका ५ बाहुन भञ्ज्याङ घर भएकी ९ वर्षीया बालिका स्वीकृति थापा मगरको चितवनको आक्रमणबाट मृत्यु भएको हो।

सोमबार साँझ बालिकालाई घरमै बसिरहेको बेला चितुवाले आक्रमण गरेको बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए। तनहुँमा पटकपटक चितुवाले बालबालिकाहरुलाई आक्रमण गर्दै आएको छ। चितुवाको आक्रमणमा परेर धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन्।

सोमाबार साँझ स्वीकृतिलाई अचानक चितुवाले आक्रमण गरी सडकबाट तल जंगलमा लगेको थियो। पछि खोज्दै जाँदा बालिकालाई मृत अवस्थामा फेला पारिएको अभिभावले जनाएका छन्।