बि पी देवकोटाको नयाँ गित “कस्तो जमाना आयो ” सार्वजनिक !

रामेछाप खबर संवाददाता

काठमाडौँ, २५ असोज ।

काठमाडौं : पछिल्लो समय नयाँ नयाँ गितहरु बजारमा आउने क्रम जारी छ, यसैबिच गायक बि पी देवकोटाको नयाँ गित “कस्तो जमाना आयो ” बोलको गित सार्वजनिक भएको छ । गितमा गायक बि पी देवकोटाको आवाज रहेको छ। बि पी देवकोटाको शब्द /संगित रहेको गीतमा पछिल्लो समयका निकै ब्यस्त दर्पण यात्रीको संगीत संयोजन रहेको छ ।

गीतमा बासुरी गोपाल देव, ढोलक/मादल भुवन गन्दर्व, मिक्सिङ HBN किस्मत, रेकर्डिङ्ग बिमल छिनाल राजु सुनाम, कोरस आवाज कमल बिस्ट,झबिन्द्र थापा
स्टुडियो 1DB HD, को रहेको छ ।

यस गितको भिडियोमा चर्चित कलाकार सुप्रिया खनाल, बि पी देवकोटा,दर्पण यात्री, बिक्रम चौहान, अर्जुन खनाल, टुल्कु तामाङ्ग, बिपना चुनारा, रमेश मगर,अदिति देवकोटाकोको अभिनय देख्न पाईन्छ ।

यस गीतको छायांकन प्रकास खड्काले गरेका छन् भने निर्देशन बिक्रम चौहानले गरेका हुन् । उक्त गीतको भिडियोलाइ एलेक्स चौहान लक्षणले सम्पादन गरेका छन् । गित बि पी देवकोटा युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

पुरा भिडियो हेर्नुस: