वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन हुने ?

रामेछाप खबर संवाददाता

काठमाडौँ |

वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ ।

यस विषयमा नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच समझदारी भएको छ । समझदारीअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले सहज रूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन रकम जम्मा गर्नसक्ने नागरिक कोषले जनाएको छ ।

विदेशमा रहेका नेपालीलाई नागरिक पेन्सन योजनामा आबद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को प्राविधिक सहयोगमा कोष र रेमिट्यान्स कम्पनीको सफ्टवेयरलाई आबद्धता गर्ने सफ्टवेयर निर्माण गरेको कोषले जानकारी दिएको छ । समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हस्ताक्षर गर्नुभएको छ । sajhasawal बाट

विद्यालय जान थाले साउदीका विद्यार्थीहरू।

रियाद:= लामो समयदेखि विद्यालय जान नपाएका साउदी अरबका विद्यार्थीहरू आइतबारदेखि विद्यालय जान थालेका छन् । अनलाइनमार्फत बढिरहेका उनीहरू भौतिकरुपमै विद्यालय उपस्थित भएर अध्ययन गर्न थालेका हुन् । योसँगै नयाँ शैक्षिकसत्रसमेत सुरु भएको जनाइएको छ ।

गत १७ महिनादेखि घरमै पढिरहेका ती विद्यार्थीहरू विद्यालय गएर पढ्न पाएपछि खुशी व्यक्त गरेका छन् । घरमै बसेर अनलाइनमार्फत भइरहेको पढाइमा गुणस्तर नभएपछि र कोरोना भाइरसको महामारी पनि कम हुँदै गएपछि भौतिकरूपमै अध्ययन अध्यापन सुरु गरिएको हो ।

शैक्षिक अधिकारीका अनुसार अहिले १२ वर्ष पूरा भएका वा सोभन्दा बढी उमेरका बालबालिकालाई मात्रै विद्यालय आउन दिने व्यवस्था गरिएको छ । प्राथमिक विद्यालय तह र पूर्वप्राथमिक तहका विद्यार्थीलाई भने अझै विद्यालय आउन अनुमति दिइएको छैन ।