ब्वाइफ्रेण्डलाई पठाउन खोजेको न; ग्न तस्बीर बाबुलाई गएपछि…

रामेछाप खबर संवाददाता

एजेन्सी ।

केही दिन पहिले सामाजिक सञ्जाल ट्वीटरमा कागियालुसोज नाम भएका ट्वीटर प्रयोगकर्ताले च्याट स्क्रीनशट शेयर गरेका थिए, जसमा जेसिका नाम गरेकी एक युवतीले ब्वाइफ्रेण्डलाई पठाउन खोजेको तस्बीर सहितको म्यासेज आफ्नो पितालाई पठाएको देखिएको थियो ।

तस्बीरमा युवतीको बडीभाग मात्रै थियो तर, अनुहार देखिएको थिएन । जुन स्क्रीनशट सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जेसिकाले ब्वाइफ्रेन्डलाई पठाउन खोजेको तस्बीर भुलबस आफ्नो पितालाई सेन्ड हुन खोजेको बुझिन्थ्यो । उनका पिताले पनि तुरुन्तै रिप्लाई गरे र जेसिकाले तस्बीर डिलेट गर्न अनुरोध गरिन् । उनले पितालाई भुलबस तस्बीर सेन्ड हुन पुगेको बताइन् ।

छोरीले कुरा सुनेपछि उनका पिताले म्यासेज गर्दै भने, ‘छोरी तिम्रो शरीर पनि तिम्रो आमाको जस्तै छ ।’ आफ्नो पिताको यस्तो जवाफ सुनेपछि छोरीले पितालाई यस्तो भद्दा म्यासेज गर्न भन्दै आफलाइन भएकी थिइन् ।

यो पनिपढ़नु होस: चार रुपैयाँमा चिउरा तरकारी !
तनहुँकाे व्यास नगरपालिका–१२ भड्खालामा रहेकाे मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा नै खाँदै आएका छन् ।
‘हम हाउस’ नामक एक जापानिज संस्थाले विद्यालयमा खाजा व्यवस्थापनका लागि मासिक २५ हजार रुपैयाँ सहयोग गर्दै आएको छ । दुई सय विद्यार्थी र १० शिक्षक शिक्षिकाले दैनिक खाजा खाँदा एक जनाको भागमा दैनिक चार रुपैयाँ पर्ने गरेको विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले बताउनुभयो ।

यस संस्थाले गएकाे भदौदेखि विद्यालयलाई सहयोग गर्दै आएपछि खाजाका लागि सहज भएको छ । प्रधानाध्यापक पाण्डेले भन्नुभयो, ‘खाजा पकाउने भाडावर्तनदेखि खाने प्लेट, चम्चा, गिलासलगायतका सामग्री सहयोग भएको छ ।’ बढी भएका खानेकुरा फ्याँक्नु नपरोस् भन्ने सोचका यस संस्थाले साथ एक थान फ्रिजसमेत उपलब्ध गराएको छ ।