‘मेस्सी आए भन्दैमा म पीएसजीमा बस्नेवाला छैन’ -एम्बाप्पे

रामेछाप खबर संवाददाता

काठमाडौं,१९ असोज ।

एम्बाप्पेले मेस्सीको साथमा खेल्न पाउनु् भाग्यको कुरा भएको बताएका छन् । पेरिस सेइन्ट जर्मेइन (पीएसजी) का युवा फरवार्ड किलियन एम्बाप्पेले लियोनल मेस्सी उत्कृष्ट खेलाडी भएको तर उनी आए भन्दैमा पीएएसजी छाड्ने आफ्नो योजना परिवर्तन नहुने बताएका छन् ।

‘मेस्सी आए भन्दैमा पीएसजी छाड्ने मेरो योजनालाई म छाड्नेवाला छैन किनकी यो एकैछिनमा परिवर्तन हुने योजना होइन, मैले मेरो निर्णय गरिसकेको छु र अब पुरा गर्नेछु’ पीएसजी छाड्नेबारे बोल्दै एम्बाप्पेले भनेका छन् ।

एम्बाप्पेले मेस्सीको साथमा खेल्न पाउनु् भाग्यको कुरा भएको बताएका छन् ।‘मेस्सीसँगको हरेक क्षणलाई उत्कृष्ट बनाउन चहान्छु, उनी फुटबललाई माया गर्छन र उनको साथमा खेल्न पाउनु आफैमा एउटा सम्मान हो’ एम्बाप्पेले अर्जेन्टिनी स्टार मेस्सीबारे भनेका छन् ।

पीएसजीमा मेस्सी, नेयमार र एम्बाप्पे हुँदा पनि टिमको तालमेल मिल्न सकेको छैन । पीएसजी आएदेखी मेस्सीले लिग वानमा गोलको खाता खोल्न सकेका छैनन् । मेस्सीले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा भने गोल गर्न सफल भएका थिए । उक्त गोलका लागि मेस्सीलाई एम्बाप्पेले एसिस्ट उपलब्ध गराएका थिए ।