दुखद खबर : कार्यालय भवनमा निजी विमान ठाेक्किँदा सबैको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ असोज ।

एजेन्सी । उत्तरी इटालीमा एउटा निजी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । सारडिनिया टापुका लागि मिलानको लिनाटे विमानस्थलबाट उडेको विमान केही मिनेटमै एउटा कार्यलयको रित्तो भवनमा जोतिएको थियो ।

रोमानियाका धनाढ्य दान पेट्रेस्कुले विमान चलाएका थिए । दुर्घटनामा ६८ वर्षीय पेट्रेस्कुसहित उनकी पत्नी, छोरा र परिवारका अन्य सदस्यको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनापछि कार्यलय र पार्किङ गरेर राखेका ट्याक्सी जलेका थिए । विमान भवनमा ठोकिनुअगाडि नै आगो लागेको केही साक्षीले बताएका छन् । ‘विमान ठूलो आवाजसहित भवनमा ठोकिएको थियो,’ एक स्थानीयले भने ।

अफगानिस्तानको बागराम सैन्य अड्डामा पुगे विदेशी सैनिक, चीनले जमाउन खोज्दैछ प्रभाव

अफगानिस्तानमा अमेरिकी सैनिकहरूले किल्ला बनाएको बागराम एयरबेसमा तालिबानको नियनत्रणपछि पहिलोपटक सैन्य विमान ओर्लिएको देखिएको छ ।
यो चिनियाँ सेनाको विमान हुनसक्ने अनुमान छ । यस एयरबेसको प्रकाश पनि चालु गरिएको छ । चीनले तालिबानसँगको सम्बन्ध बलियो बनाउनका लागि अफगानिस्तानमा आफ्ना सैनिक पठाउने विषयमा विचार गरिरहेको खबर आएको थियो ।

बेलायती पत्रिका डेली मेलले अनेकौं सूत्रलाई उद्धृत गर्दै बागराम एयरबेसमा चिनियाँ विमान ओर्लिएको किनकि तालिबानसँग बागरामको लाइट चालु गर्ने क्षमता नभएको खबर दिएको छ ।

चिनियाँ विज्ञ युन सुनले अफगानिस्तानबाट अमेरिकाको बहिर्गमनपछि चीनले बागराम एयरबेसमा नियन्त्रण राख्न प्रबल इच्छा देखाएको बताएकी छन् ।
बागराम एयरबेस राजधानी काबुलभन्दा एक घन्टा पर छ । त्यसमा २० वर्षसम्म अमेरिकाको नियन्त्रण थियो । चीनले बेल्ट यान्ड रोड इनिसिएटिभको परियोजना सञ्चालनका लागि बागराममा अध्ययन गराएको पनि बताइएको छ ।

चीनको एक प्रतिनिधिमण्डल केही दिनअघि गोप्य रूपमा बागराम पुगेको र रेकी गरेको खबर आएको थियो । सीएनएन न्युज १८ को एक रिपोर्टअनुसार, चीनको गुप्तचर निकाय तथा सेनाका उच्च अधिकारीहरूको प्रतिनिधिमण्डल बागराम एयरबेस किन गएको भन्ने खुलेको छैन । तालिबान र पाकिस्तानको सहायताले चिनियाँहरू बागराममा गुप्तचर केन्द्र बनाउन खोजिरहेको बताइएको छ । सिन्च्याङ प्रान्तमा उइगुर मुसलमानहरूलाई दिइने सहायतामा कडा निगरानीका लागि गुप्तचर केन्द्र बनाउन खोजिएको बताइएको छ ।

चिनियाँ गुप्तचरहरूलाई काबुल विमानस्थलमा कसैले नजर नलगाऊन् भनी पाकिस्तानको बाटो भएर अफगानिस्तान पुगेको बताइएको छ ।