कतारले परिवर्तन गर्‍यो यात्रा नीति, कहिलेदेखि लागु हुन्छ ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ असोज ।

दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ । नेपालसहित ९ देशका खोप नलगाएका यात्रुहरुले कतार प्रवेश गर्दा ७ दिन मात्रै होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, केन्या र सुडानबाट कतारी आईडी भएका र नयाँ भिसामा खोप नलगाई प्रवेश गर्नेहरुले ७ दिन मात्र होटल क्वारेन्टाइन बस्नुपर्ने नयाँ नियम लागू हुने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो नयाँ नियम बुधबार अर्थात् अक्टोबर ६ तारिखमा लागू हुने मन्त्रालयले जनाएको छ । यसअघि खोप नलगाई कतार प्रवेश गर्दा १० दिनसम्म होटल क्वारेन्टाइन बस्नुपर्ने नियम थियो ।

यस्तै, कतार भित्र वा बाहिर कतार सरकारले मान्यता दिएको पूर्ण डोज खोप लगाएका व्यक्तिहरुले कतार फर्कदा दुई दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम छ भने ७२ घन्टा भित्रको पीसीआर परीक्षण गरेको रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र साथमा ल्याउनु पर्नेछ । कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खोप नलगाएका नेपालीले पनि कतार प्रवेश गर्दा १० दिने होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

जापानको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक तलब १ लाख ८१ हजार माथि

काठमाडौं – जापानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । जापानको होद्धीको सहरमा रहेको लाईफ ड्रिम कम्पनीले कार वर्करका लगि २ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब एक लाख ८१ हजार माथि पाउनेछन् । खाने बस्नेको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले ग्राण्ड स्वीट लिको कार्यालय कोटेश्वर काठमाडौंमा असोज २५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।