राजन सुवेदी र आसा बिसिको आवाजमा ”रानी बनमा फुल” बोलको गित सार्वजनिक

रामेछाप खबर संवाददाता

काठमाडौं, १३ असोज ।

काठमाडौं : पछिल्लो समय नयाँ नयाँ गितहरु बजारमा आउने क्रम जारी छ, यसैबिच लोकदोहोरी गायक राजन सुवेदीको नयाँ गित “रानी बनमा फुल” बोलको गित सार्वजनिक भएको छ । गितमा लोकदोहोरी गायक राजन सुवेदी र आसा बिसिको आवाज रहेको छ। प्रेमराज अधिकारि र सुमन खड्काको शब्द र दिब्लब खातिको संगित रहेको छ भने गीतमा पछिल्लो समयका निकै ब्यस्त बोनोद बाजुरालीको संगीत संयोजन, थेगो पदम नेपालि, रेकर्डिङ्ग गोबिन्द बाजुराली,राजेन्द्र बाजुराली मिक्सिङ खडक बाजुराली स्टुडियो मालाश्री र पोस्ट प्रोडक्सन राजकुमार फिल्मसको रहेको छ

यस गितको भिडियोमा चर्चित कलाकार एलिना रायमाझी, सरद एल जी, अविशेक गुरुङ्ग र सर्मिला अधिकारीको अभिनय देख्न पाईन्छ , साथै यश म्युजिक भिडियोमा कालाकारहरु: बिशाल रायमाझी, मान सिङ्ग खड्का, धनमाया नेपालि,तारा थापा, टेकराज भण्डारी, बालचन्द्र बराल, सिताराम परियार, जानुका तामाङ्ग, निरा छन्त्याल, सलिना नेपालिको पनि अभिनय रहेको छ ।

यस गीतको छायांकन जयन्द्र रावलले गरेका छन् भने निर्देशन राजकुमार मगरले गरेका हुन् । उक्त गीतको भिडियोलाइ राजकुमार मगरले नै सम्पादन गरेका छन् । कोरियोग्राफर कमल भक्त रहेको गित राजकुमार फिल्मस मार्फत सार्वजनिक भएको छ ।

पुरा भिडियो हेर्नुस: