के हो ह्वाट्सएपको म्यासेज गायब हुने नयाँ फिचर ? यसरी गर्नुहोस् अन

रामेछाप खबर संवाददाता

काठमाडौं, १३ असोज ।

विश्वमै सबभन्दा बढी प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएप प्राय आफ्नो प्रयोगकर्ताका लागि नयाँ फिचर अपडेट ल्यारहेको हुन्छ । यसैक्रममा धेरै समयपछि ह्वाट्सएपले नयाँ फिचरमा काम गरिरहेको थियो, अहिले अफिसियली अपडेट गरिएको छ । यो फिचरको नाम हो, डिस्अपियरिङ म्यासेज । यो फिचरले एपमा पठाइएको म्यासेज केही समयपछि आफैं गायब हुन्छ, जसलाई प्रयोगकर्ताले आफ्नो हिसाबले अन र अफ गर्न सक्नेछन् ।

यो फिचरले पहिले पठाइएको वा पाएको म्यासेजलाई प्रभावित पार्दैन । तर, जब तपाईं एकपटक यो फिचरलाई इनेबल गर्नुहुन्छ, पर्सनल वा ग्रुप च्याटमा पठाइएको म्यासेज सात दिनपछि गायब हुनेछ ।

यसरी गर्नुहोस् अन

ADVERTISEMENT

ह्वाटस्एप च्याट खोल्नुहोस्क न्ट्याक्टको नाम ट्याप गर्नुहोस् । डिस्अपियरिङ म्यासेजेज्मा ट्याप गर्नुहोस् । त्यसपछि कन्टिन्यूमा ट्याप गर्नुहोस् र अन विकल्प छान्नुहोस् ।

यसरी गर्नुहोस् अफ

ह्वाट्सएप च्याट खोल्नुहोस् । कन्टेक्टको नाम ट्याप गर्नुहोस् । गायब हुन लागेको सन्देशमा ट्याप गर्नुहोस् । त्यसपछि कन्टिन्यूमा ट्याप गरेर अफ विकल्प छान्नुहोस् ।