आजदेखि किन बन्द भयो लाखौं स्मार्टफोनमा युट्युव, जिमेल र गुगल म्याप ? यस्तो छ कारण

रामेछाप खबर संवाददाता

काठमाडौं, ११ असोज ।

काठमाडौं । गुगलले आजदेखि लाखौं स्मार्टफोनमा गुगल म्याप, युट्युव, जिमेल लगायत एपमा सपोर्ट बन्द गरेको छ । योसँगै ती मोबाइलमा गुगलका सर्भिस पूर्णरुपमा लक भएका छन् ।

यसको अर्थ आजदेखि ती मोबाइलमा युट्युव, जिमेल, गुगल म्यापलगायतका एप चल्ने छैनन् । यो विषयमा कम्पनीले यसअघि नै आफ्नो ब्लग पोस्टमार्फत जानकारी गराएको थियो ।

सोही अनुरूप आजदेखि सर्भिस बन्द गरिएको जनाइएको छ । कम्पनीका अनुसार एन्ड्रोइड २.३ मा आधारित स्मार्टफोनमा अब गुगलको कुनै पनि सर्भिस उपलब्ध हुने छैन । यसको अर्थ प्रयोगकर्ताले त्यस्ता स्मार्टफोनमा गुगलको सर्भिसमा लगइनको अप्सन पाउने छैनन् । गुगलको एन्ड्रोइड २.३ भर्सन सन् २०१० मा सार्वजनिक भएको थियो । प्रयोगकर्ताको सुरक्षा ध्यानमा राख्दै अब उक्त भर्सनका स्मार्टफोनमा सपोर्ट बन्द गरिएको हो ।

एप्पलले दिएको थियो इन्स्टाग्रामलाई एप स्टोरबाट हटाउने चेतावन

काठमाडौं । फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामलाई एप्पलले आफ्नो एप स्टोरबाट हटाउने चेतावनी दिएको तथ्य बाहिरिएको छ । इन्स्टाग्राममार्फत घरेलु श्रमिकको खरिद बिक्री हुने गरेको भन्दै सन् २०१९ मा एप्पले यस्तो चेतावनी दिएको थियो ।

दुई वर्ष अघिको यो घटनाबारे अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले यसैसाता खुलासा गरेको हो । वाल स्ट्रिट जर्नललाई प्राप्त फेसबुकको गोप्य कागजात अनुसार उक्त घटनाबारे आफ्नो प्लेटफर्मको दुरुपयोग गरी मानव शोषण भइरहेको बारे फेसबुक समेत जानकार थियो ।

यसअघि सन् २०१९ मा अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीले अनलाइन प्लाटफर्ममार्फत घरेलु कामदार खरिदबिक्री भइरहेको तथ्य सार्वजनिक गरेको थियो । जसमा फेसबुकको फोटा सेयरिङ प्लाटफर्म इन्स्टाग्रामका साथै अन्य थुप्रै एप प्रयोग भइरहेको जनाइएको थियो ।

इन्स्टाग्राम घरेलु कामदार खरिदबिक्री गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको तथ्य बाहिरिएसँगै एप्पलले फेसबुकलाई आफ्नो एप स्टोरबाट इन्स्टाग्राम हटाउने धम्की दिएको पाइएको हो । एप्पलले मानवीय बेचबिखनलाई रोक्न तत्कालै आवश्यक कदम चाल्न र त्यो नभएको खण्डमा इन्स्टाग्रामलाई एप स्टोरबाट बताएको वाल स्ट्रिटले गरेको खुलासामा बताइएको छ ।