अबदेखि नेपालबाट मलेशिया प्रवेश गर्न यस्ता सर्तहरु पूरा गर्नपर्छ,जानकारीका लागि शेयर गर्नुहोस

रामेछाप खबर संवाददाता

क्वालालम्पुर ।

कोरोना भाइरस संक्रमणको कारण मलेशिया प्रवेशमा प्रतिबन्ध फुकुवा गरे सङै मलेसियाको भिसा प्राप्त गरिसकेका, भिसाको अवधी बाँकी रहेका तर मलेसिया प्रवेश गर्न नपाएका नेपाली श्रमिक लगायत आप्रवासी श्रमिखरु अन्ततः मलेसिया प्रवेश गर्न पाउने भएका छ्न।

नेपाल स्थित मलेसियन दूतावासले एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ को संक्रमण फैलिन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै मलेसिया आउने श्रमिकको हकमा केहि विशेष सर्तहरु पूरा गर्नुपर्ने स्पष्ट पारेको छ।

भिसा प्राप्त गरेर भिसाको अवधी समाप्त नभएका , मलेसियाको विशेष भिसा प्राप्त गरेका , ब्यापारिक,ब्यावसायीक भिसा भएका मलेसिया आउन चाहने नेपालीहरुले मलेसियाली अध्यागमन कार्यालय (इमिग्रेशन) को माइ ट्राभल पास/माई ईन्ट्री (https://www.imi.gov.my/) मार्फत दर्ता गरेको र अध्यागमन बिभागबाट अनुमति प्राप्त गरेको हुनु पर्नेछ।

काठमाडौं स्थित मलेसियाली दूतावासले जारी गरेको सुचनामा उल्लेख गरे अनुसार मलेसियाको वैधानिक भिसा प्राप्त गरिसकेको र भिसाको अवधी नसकिएको हुनुपर्नेछ्। विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र प्रमाणपत्र समेत साथमा हुनुपर्नेछ्। कोभिडको परीक्षण गरिएको नेगेटीभ रिपोर्ट पनि साथमा हुनुपर्नेछ ।

यसैगरी मलेसिया आईपुगेपछि मलेसिया सरकारले तोके अनुसारको होटेल क्वारेण्टीनमा बस्नुपर्नेहुन्छ। क्वारेन्टाइन सम्बन्धि जानकारीको लागी https://covid-19.moh.gov.my/ मार्फत बुझ्न र सहयोग लिन सकिने छ। भिसा लगायतका अन्य विषयमा थप जानकारी लिन परे kathmandu@imi.gov.my मा ईमेल गरेर अथवा +९७७१५४४५६८९ मा फोन गरेर बुझ्न सकिने मलेसियालि दूतावासले जनाएको छ ।

यश अघि मलेसियाले नेपालीसंगै नयाँ विदेशी कामदारहरुको लागी भने डिसेम्बर महिना सम्म नयाँ श्रमिकहरुलाई भर्ना नलिने बताईसकेको छ। भने रोजगारीको लागि डिसेम्बर पछि खुल्ने वा नखुल्ने भन्ने बारे अझै पनि अन्योल कायमै छ।