मलेसियामा ड्युटीमा खटिएका निर्मल कसरि परे जेलमा ? यस्तो रहेछ कारण !

रामेछाप खबर संवाददाता

क्वालालम्पुर, ४ असोज ।

मलेसियामा मेचिनगर-३ झापाका निर्मल पोख्रेल सम्पर्क बिहिन भएको खबर सार्बजनिक भएपछि उनको अवस्था बारे जानकारी प्राप्त भएको छ।

केहिदिन अघि संदेश प्रवाह अनलाइनले प्रकाशीत गरेको खबर पछि अन्ततः निर्मल पोख्रेल मलेशियाको जेलमा रहेको पुष्टि भएको छ।सुरक्षागार्डमा अवैधानिक हैसियतमा कार्यरत निर्मल पोख्रेल मलेशियन अध्यागमनको छापामा पर्दा उनी सहित अन्य ७ जना पक्राउ परेको जानकारी प्राप्त भएको छ।

पोख्रेल संगै एउटै कम्पनिमा कार्यरत मोहन लिम्बुका अनुसार डे शिफ्टको ड्युटी खटिएकै बेला निर्मल पोख्रेल लगायत ७ जना सुरक्षागार्डको एक स्थानिय नागरिक सङ सवारी पार्किङको बिषयमा बिवाद भएपछि, तिनै नागरिकले प्रहरी लाई खबर गरेका थिए। भने त्यसको केही घन्टा भित्रै अध्यागमनले घेरा हालेर उनिहरु लाई पक्राउ गरिएको थियो।

भारतसँगको सीमाविवाद समाधान गर्न बंगलादेश पुग्यो राष्ट्रसंघको शरणमा

बंगालको खाडीमा भारतसँग विगत कैयौं दशकसम्म चलेको सामुद्रिक सीमा विवाद समाधान नभएपछि बंगलादेश सरकार संयुक्त राष्ट्रसंघ पुगेको छ । राष्ट्रसंघमा बंगलादेशको स्थायी मिसनले सोमवार भारतविरुद्ध राष्ट्रसंघका महासचिवसमक्ष दुईवटा अपील दायर गरेको छ ।

बंगालको खाडीमा भारतको सीधा आधाररेखाको दाबीलाई बंगलादेशले अस्वीकार गरेको छ । बंगलादेशका पूर्व परराष्ट्रसचिव शहीदुल हकले भने, ‘दुई छिमेकी मुलुकबीच यो विषय कैयौं वर्षदेखि विवादित छ । अहिलेसम्म कैयौं चरणको वार्ता भए पनि विवाद समाधान भएको छैन ।’

हकले थपे, ‘दुवै पक्ष राष्ट्रसंघ गएकाले अब यसको स्थायी समाधान उपलब्ध हुने आशा गर्न सकिन्छ । बंगलादेशले निवेदन दर्ता गरेर आफ्नो भूमिका निर्वाह गरेको छ र राष्ट्रसंघले मध्यस्थता गर्नेछ ।’ भारत सरकारले अप्रिल महिनामा राष्ट्रसंघलाई एक पत्र पठाएर बंगलादेशको आधाररेखाको विरोध गरेको थियो ।