हार्दिक श्रद्धाञ्जली !! बेहोस भएर ढलेपछि कोरियामा अस्ताए २८ वर्षीय सुजन घले !

रामेछाप खबर संवाददाता

काठमाडौं, २ असोज ।

रोजगारीका लागि दक्षिण कोरिया आएका भोजपुर साल्पासिलिछो गाउँपालिका-१ कुलुङका सुजन घले अस्ताएका छन । नुनसानस्थित स्थानीय अ’स्पता’लमा उ’पचा’रत २८ वर्षीय घलेको हिजो (शुक्रबार) मृ’त्यु भएको सिओलस्थिति नेपाली राजदूतावासले जनाएको छ ।

करिब तीन हप्ताअघि काम गर्ने क्रममा ए’क्का’सी बे’हो’स भएर ढ’लेपछि घलेलाई अ’स्पता’ल भ’र्ना गरिएको थियाे । भोजपुर परिवार दक्षिण कोरिया संघलेका अनुसार उनको मु’टु र टाउकोमा स’म’स्या देखिएको थियो ।

सात वर्षअघि कोरिया आएका घले केही वर्ष अघिदेखि गै’रका’नूनी रुपमा बस्दै आएका थिए । गै’रकानू’नी रुपमा बस्दै आएकाले घलेको सम्बन्धि ठूला अ’स्पता’लमा समयमा नै उप’चार गर्न नसकिएको संघले जनाएको छ । विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी सम्बन्धित अ’स्पता’लको भ’र्नाको प्रक्रिया हुँदै गर्दा नै घले बिदा भएको संघको भनाइ छ ।

संघको अनुसार उनको उपचार खर्च साढे तीन करोड वोन उठेको छ । गैर कानू’नी रुपमा बसोबास गर्दा स्वा’स्थ्य बिमा नहुने र उपचार म’हङ्गो परेको संघले जनाएको छ । संघका अनुसार अझै दुई करोड ५० लाख वन र्तिन बाकीँ रहेको छ ।

घलेको कम्पनीबाट दुई करोड २५ लाख र बाकीँ रकम २५ लाख वोन उनको तर्फबाट तिर्नुपर्ने छ । अ’स्पता’लमा तिर्न बाकीँ २५ लाख, श’व गृह खर्च (अनुमानित) ११ लाख र हवाईजहाज खर्च ५४ लाख गरी लगभग कुल ९० लाख वोन रकम आवश्यक भएको संघले जनाएको छ ।

घलेको श’व दूतावाससँग समन्वय गरी २६ सेप्टेम्बरमा सिंगापुर एयर लाईन्स मार्फत नेपाल पठाउने तयारी गरएको संघले जनाएको छ ।

सहयोग रकम उठाइँदै

घलेको श’व नेपाल पठाउन कोरियामा रहेको नेपालीहरुले सहयोग रकम उठाउन थालेका छन् । रकम संकलनका लागि सस्थाको सह–कोषाध्यक्ष कुमार थापा आइबीकेकाे बैंकको खाता नम्बर (221-425464-02-028) प्रयोग गरिएको छ ।

सह–कोषाध्यक्ष थापाका अनुसार अहिलेसम्म हरि प्रसाद भट्टराई र रुपेश थापाबाट एक–एक लाख वोन सहयोग प्रप्त भएको छ । सन्जय श्रेष्ठ, उदय राई, पासाङ्ग शेर्पाले पनि ४०/४० हजार वोन सहयोग गरेको थापाले जानकारी दिए ।

त्यस्तै सुमन्त मगर, अजय खत्री, पारुहाङ्ग राई, राजन थापा, नवीन परियार, अन्जान कुलुङ र भुपाल थापाबाट ३०/३० हजार वोन र डीबी राई, गोबिन्द बिसि, दिपेन्द्र राई, जस्मिमन किराती र संतोष थुलुङ्गबाट २० /२० हजार वोन सहयोग प्रप्त भएको छ । उमेश राई र सुनिल राईले पनि २१/२१ हजार वोन सहयोग गरेका छन् । दृष्टि न्यूजबाट साभार