भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज जन्मदिन, कति बर्षका भए मोदी ?

रामेछाप खबर संवाददाता


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले मोदीलाई ७१औं जन्मदिनको अवसरमा शुभकामना दिँदै सुस्वास्थ्य र सफलताको कामना गरेका छन्। आज मोदीको जन्मदिनको अवसरमा भारतीय जनता पार्टीले भारतका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा मोदीको जीवनी प्रदर्शन र रक्तदान गर्ने भारतिय मिडियामा बताइएको छ । २० वर्षअघि गुजरातको मुख्यमन्त्री बनेका मोदी सन् २०१४ मा भारतका प्रधानमन्त्री बनेका थिए ।

महिलाकै मन्त्रालयमा महिलालाई नै जान दिएन तालिबानले

यसपटकको शासनमा महिलालाई अधिकार दिने आश्वासन दिएको तालिबानले विश्वको आँखामा धुलो फ्याँक्ने काम गरेको छ। यसको अर्को प्रमाण बिहीबार प्रकाशमा आएको छ। तालिबानले महिलाका लागि बनाइएको मन्त्रालयमा उनीहरूलाई नै प्रवेशमा रोक लगाएको हो।

अफगानिस्तानको राजधानी काबुलमा ‘महिला मामिला मन्त्रालय’ छ। तर त्यहाँ पुरुष कर्मचारीहरूलाई मात्र जान दिइएको हो। महिलाकै मन्त्रालयमा महिला कर्मचारीलाई नै जान नदिइएको खुलासा रुसको न्युज एजेन्सी स्पुतनिकले गरेको हो।

एक रिपोर्टमा भनिएको छ– महिला मन्त्रालयमा बिहीबार चार जना महिला कर्मचारी जान खोजेका थिए। उनीहरूसँग परिचयपत्र थियो भने बुर्का लगाएका समेत थिए। तर पनि उनीहरूलाई भित्र जान दिइएन। यस मन्त्रालयमा पुरुष कर्मचारीलाई मात्र जान दिइयो। यसपछि महिला कर्मचारी रिसाए र दुई महिलालो विरोध प्रदर्शनसमेत गरे। तर पछि उनीहरूलाई त्यहाँबाट दुव्र्यवहार गर्दै हटाइएको बताइएको छ।