कति निर्दयी आमा ? जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर ह”त्या

रामेछाप खबर संवाददाता

काठमाडौं, ३१ भदौं ।

जापानको टोक्योमा एक युवतीले जन्मनेबित्तिकै आफ्नो बच्चाको हत्या गरेकी छिन् । उनले बच्चाको मुखमा ट्वाइलेट पेपर कोचेर बालकको हत्या गरेकी हुन् । घटना २ वर्ष पुरानो हो तर युवतीले अहिले मात्र आफ्नो अपराध स्वीकार गरेकी हुन् ।

डेलीस्टारमा प्रकाशित रिपोर्टअनुसार २०१९ मा २३ वर्षकी कोयूरी किताइ जागिरका लागि अन्तरवार्ता दिन आफ्नो घरबाट टोक्यो जाँदै थिइन् । तर, टोक्यो शहरमा पुग्नासाथ उनलाई सुत्केरी व्यथा लाग्यो । त्यसपछि उनी टोक्यो विमानस्थलको बाथरुममा गइन् जहाँ उनले बच्चा जन्माइन् ।

तर, किताइलाई यो बच्चा चाहिएको थिएन । उनले पहिले नै गर्भपतनको कोसिस गरेकी थिइन् तर जापानको कानुनअनुसार उनले गर्भपतन गर्न नमिल्ने भएपछि उनले यसो गर्न सकिनन् । किताइले टोक्यो जिल्ला अदालतमा बताएअनुसार उनी गर्भवती हुनु अवान्छित थियो र उनलाई लाग्यो कि बच्चालाई मार्नु नै एकमात्र विकल्प हो ।

एयरपोर्टको बाथरुममै किताइले बच्चाको हत्या गरिन् । उनले बच्चाको मुखमा ट्वाइलेट पेपर कोचेर हत्या गरिन् । २०१९ को यो घटनाको विषयमा अहिले सुनुवाइ सुरु भएको छ । किताइले अदालतमा बताएअनुसार उनले अनिच्छित गर्भाधानबाट छुटकारा पाउनको लागि बच्चालाई जन्मिएपछि मारेकी थिइन् ।

अदालतमा किताइले आफूलाई आफू गर्भवती भएको थाहा नभएको पनि बताइन् । उनलाई यसबारे थाहा हुँदासम्म निकै ढिलो भइसकेको थियो । जापानमा २२ हप्तापछि गर्भपतन गर्नु गैरकानुनी हो त्यही कारण उनले बच्चा राख्नुपर्यो । पछि बच्चा जन्मिएपछि उनले बच्चालाई मारिन् ।