छोरी, बुहारी, ज्वाइँ च्याप्ने ‘छट्टु’ प्रचण्डले आफ्नै कार्यकर्ता मार्ने उपेन्द्रसँग लेनदेनको राजनीति गरेपछि ओली आक्रोशित!

रामेछाप खबर संवाददाता

काठमाडौं, ३० भदौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रोश पोखेका छन् ।

गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै आक्रोश पोख्ने क्रममा प्रचण्डलाई धोकेबाज र छट्टु नेता भन्न भ्याए । प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी भएको

भन्दै तर उनी धोकेबाज नेता भएको उनको भनाइ थियो । ‘प्रचण्ड असल बाउ हो, काका हो, असल ससुरो हो । तर धोकेबाज नेता हो ।

राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाई राम्रो बा, राम्रो काका । उहाँ सबै हिसाबलेः राम्रो तर एउटैमात्र खराबी छट्टु नेता हो ।

कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र हुन्,’ उनले भने । आफ्नै कार्यकर्ताको हत्या घटना घटाउने उपेन्द्र यादवसँग प्रचण्डले

गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीको आरोप थियो । ‘प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो । जादुगरलेजस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन् । मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन् ।

२०६४ मा सरकार बनाएर के गरे । शहिद फालिएका छन् । गौरमा २४ जना मारिएका छन् । तिनैसँग शौदाबाजी गरिरहेका छन् ।

कार्यकर्ता मारिरहेका छन् । त्यस्तो घटना घटाउनेसँग लेनदेनको राजनीति गरिरहेका छन्,’ उनले भने । ओलीले थपे, ‘प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा । प्रचण्डले लगेको माधव गुट मात्रै हो । माओवादी केन्द्र होइन । प्रचण्डको मोह जालमा नपर्नुस् । फर्किनुस् ।’

जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको बताउँदै उनले भने, ‘धम्क्याउनुपर्योग भने म आगो हुँ नजिक्याउ भन्ने ।

मैले पनि २ बाल्टी पानी हाल्दिउला भने । के को आँटले धम्क्याउन खोजेको हो ?’ प्रचण्डको पछाडि लागेर जिन्दगी बर्बाद नपार्न माओवादी केन्द्रमा अल्झिएकालाई ओलीले आग्रह गरे ।