मलेसियामा कम्पनी छाडेर हिडेका दुई नेपालीलाई प्रहरीमा उजुरी

रामेछाप खबर संवाददाता

क्वालालम्पुर ३० भदौं ।

मलेसियामा कम्पनी छाडेर हिडेका दुई नेपालीलाई त्यहाँको एक कम्पनीले प्रहरीमा उजुरी दर्ता गराएको छ । मलेसियाको रावाङमा रहेको जोली इम्पोट एक्पोट को एसडिएन विएचडि रावाङमा कार्यरत कृष्ण वहादुर वम्जन र कृति चौधरीको नाममा रावाङ प्रहरीमा उजुरी दर्ता भएकोे छ । उनीहरु उक्त कम्पनीमा दुई वर्ष देखि कार्यरत रहेका थिए । दुवैजना सेक्टेम्वर ९ तारिख देखि कम्पनी सगं सम्पर्कमा नआएपछि प्रहरीमा रिपोर्ट गरिएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनी श्रोतले दिएको जानकारी अनुसार वैधानिक हुदाहुदै भागेर अन्यन्त्र गएकाले कम्पनी छाड्नेहरु तथा कम्पनीलाई समेत अप्ठेरो पर्ने भएकाले प्रहरीमा उजुरी गरिएको वताउदै कम्पनीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

अफगानिस्तान : एक महिनामा १५३ मिडियामा प्रतिबन्ध, त्रासमा महिला पत्रकार

काबुल- अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि करिब १५३ मिडियामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै तालिबानले सत्ता कब्जा गरेको घोषणा गरेको थियो।

उक्त पत्रकार सम्मेलनका क्रममा तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भनेका थिए, ‘मिडियाहरु निष्पक्ष हुनुपर्छ। मिडियाका लागि निष्पक्षता निकै महत्वपूर्ण छ। उनीहरुले हाम्रा गलत कामको आलोचना गर्न सक्छन्, जसका कारण हामी सुध्रिन सक्छौं।’

तालिबानले सत्ता सम्हालेपछि पनि पटक-पटक दोहोर्‍याउने अभिव्यक्ति हो- ‘अफगानिस्तानमा प्रेस स्वतन्तता’। तर, वास्तविकता भने फरक छ।

एक स्थानीय निगरानी समूहले गरेको अध्ययन अनुसार अगस्तको मध्यदेखि यता एक महिनाको अवधिमा अफगानिस्तानका विभिन्‍न २० प्रान्तबाट सञ्‍चालनमा रहेका करिब १५३ वटा मिडियाहरुलाई बन्द गराइएको छ।

त्यसैगरि तालिबानले पत्रकारमाथि पनि दुर्व्यवहार गर्ने, यातना दिने, कुटपिट गर्ने गरेका छन्। पत्रकारहरुका उपकरण जफत गर्ने, पत्रकारलाई पक्राउ गर्ने र भौतिक आक्रमण गर्ने काम भइरहेका छन्, त्यो पनि राजधानी काबुलमा नै।

पत्रकारमाथि भइरहेको आक्रमणले अन्तर्राष्ट्रिय संघसंस्थाहरुकोसमेत ध्यानाकर्षण भएको छ। गत साता काबुलमा भइरहेको विरोध प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा पत्रकारलाई पक्राउ गरि कुटपिट गरिएको थियो। उक्त घटनाको निन्दा गर्दै संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्तले एक विज्ञप्ति जारी गर्दै पत्रकारमाथि बल प्रयोग गर्ने काम तत्काल बन्द गर्न र शान्तिपूर्वक विरोध सभा गर्न तथा पत्रकारहरुलाई उक्त प्रदर्शनहरुको रिपोर्टिङमा कुनै बाधा नपुर्‍याउन तालिबालाई आग्रह गरेको थियो।

ह्युमन राइट वाचले पनि पत्रकारहरुमाथि गरेको आक्रमणको निन्दा गरेको छ।

त्रासमा महिला पत्रकार

अफगानिस्तानमा रहेका महिला पत्रकारहरु थप त्रासमा रहेका छन्। पछिल्लो तीन सातामा तालिबानले महिला पत्रकारहरुलाई घरबाहिर ननिस्किनका लागि धम्कीसहितको म्यासेज आउने गरेको छ।

अगस्त १५ मा काबुल विश्वविद्यालयबारे रिपोर्टिङ गरेकी भ्वाइस अफ अमेरिकाकी पत्रकार मरजाना सादतले भनिन्, ‘तालिबानहरुले मलाई घरभित्रै बस्‍नका लागि म्यासेजहरु पठाउने गरेका छन्।

तालिबानी धम्कीका बीच पनि महिलाहरुले राजधानी काबुलमा विरोध प्रदर्शन जारी राखेका छन्। यसअघि तालिबानले एक गर्भवती महिला प्रहरीको हत्या गरेपछि उक्त त्रास झन बढेको छ। महिला पत्रकारहरुलाई पटक-पटक आफ्नो निर्देशनको पालना गर्नका लागि म्यासेज आउने गरेको बताइरहेका छन्। – अलजजिरा