विमानस्थलबाट २ करोड बढीको सुन बरामद, कसरि पक्राउ परे त उनीहरु ?

रामेछाप खबर संवाददाता

काठमाडौं,२९ भाद्र ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ करोड बढी मूल्यको सुन बरामद गरेको छ । श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई यात्रुको साथबाट अवैध सुन बरामद भएको हो । आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा बोध राज भण्डारी र मुरारी राज अधिकारी साथबाट २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको सुनका गहना बरामद भएको हो ।
सुनको कुल तौल ३ किलो ३६० ग्राम रहेको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।

सभामुख सापकोटाप्रति आशंका कायमै छः नेता नेम्बाङ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुख अग्निप्रसाद सापकोटाप्रति आशंका कायम रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उपनेता नेम्बाङले सभामुख सापकोटाले नेकपा एमालेमाथि भेदभाव गरेकाले उहाँमाथि आशंका भएको बताउनुभयो ।
नेम्बाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको दाबी गर्नुभयो । उहाँले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्ने बताउनुभयो । आफूले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले कारबाही गरेको सूचना नटाँसेकोमा एमाले आक्रोशित छ ।

सभामुखले संसदमा देखिएको समस्या समाधानका लागि हिजो सर्वदलीय बैठक बोलाए पनि एमाले सहभागी भएको थिएन ।