के कारणले आउँछ सेतो दूबी ? कसरि बच्न सकिन्छ ? पुरा पढ्नुहोस्

रामेछाप खबर संवाददाता

काठमाडौ ।

किटाणुले हुने रोगमध्ये छाती तथा पिठ्यूँमा हूने हल्का सेतो चक्कालाई दाद, दूबी भनिन्छ । यो सरूवा रोग हो । हेर्दा दाद, दुबी र सेतो दूबी उस्तै–उस्तै देखिन्छन् । तर, दुवै रोग फरक हुन् । दूबी सरूवा रोग हो र यसलाई पनि एक किसिमको कुष्ठरोग ठानिन्छ । विश्वको जनसंख्याको १ देखि ३ प्रतिशतमा सेतो दूबीको समस्या भएको तथ्यांक छ।

अमेरिका तथा युरोपमा भनदा एशिया तथा अफ्रिकामा दूबीसँग सम्बन्धित सामाजिक तथा मानसिक समस्या बढी पाइन्छ । यसो हुनुमा छालाको रगंमा भर पर्दछ । सेतो या गोरो छालामा सेतो दाग त्यति देखिदैँन, तर कालो वा खैरो छालामा सेतो दाग बढी देखिन्छ ।

सामान्य छालाको कुनै भागबाट कारणवश रंग बनाउने कोषिका स्थायी रूपमा नष्ट भएर जानु तथा प्राकृतिक रूपले वा सामान्य औषधिले रंग पलाएर नआउनुलाई नै सेतो दुबी भनिन्छ । छालाको रंग स्थायी रूपले गई फेरि रंग नपलाउनुको कारण बाहिरी वा भित्री हुनसक्छ । चोटपटक, पोलेर वा विशेष रसायन हाइड्रो–क्वीनोनको सम्पर्क हुनु बाहिरी कारण हुनसक्छ।

सामान्य या निरोगी व्यक्तिमा पनि चोटपटक वा रसायनले छालाको रंगलाई असर पारिराखेको हुन्छ । तर खर्च भएको रंग फेरि पलाएर आउछ । दुबी हुने व्यक्तिमा नष्ट भएको रंग फेरि पलाउँदैंन । दुबी हुने भित्री कारणका सम्बन्धमा विज्ञमाझ विभिन्न धारणा व्याप्त छन्, जुन पूर्ण प्रमाणित भइसकेका छैनन् । त्यस्ता धारणामा शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुनु, वंशानुगत कारण, नसाबाट निस्कने विषानुगत रसायन पर्छन् ।

त्यसकारण दुबी कुनै प्रकारको कीटाणुद्वारा संक्रमण हुने अथवा सर्ने रोग होइन । कुष्ठरोगसँग यसको कुनै सम्बन्ध छैन र यो कुनै किसिमको अभिशाप पनि होइन ।खाने र लगाउने औषधिद्वारा यसको उपचार ८० प्रतिशत सम्भव छ ।सेतो दूबी शरीरको जुनसुकै भागमा पनि देखिन सक्छ । कसैकसैलाई लिंगमा समेत देखिएको हुन्छ । उपचार गरे निको हुनसक्छ।

दुबीको प्रकार – १ सामान्य दुबी, २ मिश्रित दुबी,

३ सीमित दुबी, क) एक भागमा मात्र हुने, ख) ओठ तथा औलामा हुने ४ सम्पूर्ण भागमा हुने दुबी

अनेक प्रकारका दुबीमध्ये ८० प्रतिशतको उपचार खाने तथा लगाउने औषधिद्वारा सम्भव छ । बाँकी २० प्रतिशत दुबी (खासगरी सीमित भागमा हुने, जस्तै सेगमेन्टल वा लिपटिप टाइप, ओठमा हुने दुबी) को उपचार चर्म–शल्यक्रियाद्वारा मात्र सम्भव छ ।

यस्तो शल्यक्रिया चर्मरोग विशेषज्ञद्वारा नेपालमा नै गरिन्छ । तसर्थ यसका लागि विदेश गइराख्नु पर्दैन। यस्तो विशेष शल्यक्रियाद्वारा औषधिले निको नभएको दुबीमध्ये ९५ प्रतिशतमा सफलता प्राप्त गर्न सकिन्छ । औषधि वा अपरेसनले दुबीको कारण हटाउन सम्भव हुँदैन । तर सेतो दुबीमा सामान्य रंग मात्र ल्याउन सकिन्छ।