फेरी बढ्यो सुनको भाउ, आज कतिमा हुदैछ कारोवार ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ भाद्र ।

काठमाण्डाै – सुनचाँदीको भाउ आज केही बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तोलामा ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । असोज ४ गतेदेखि राष्ट्र बैंकले नयाँ नोट बाँड्ने, बैंकहरूलाई छुट्टै काउन्टरको व्यवस्था गर्न आग्रह

नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि आगामी असोज चार गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय लगायतबाट बैंकहरूलाई उपलब्ध हुनेछ ।

बैंकहरूले आफ्ना ग्राहकका लागि सकेसम्म छुट्टै काउण्टरबाट नयाँ नोट वितरण गर्न दिन राष्ट्र बैंकले आग्रह गरेको केन्द्रीय बैंकका प्रवक्ता देव कुमार ढकालले लोकान्तरलाई जानकारी दिए । राष्ट्र बैंकले गत वर्षको दशैँमा कोभिड १९ महामारीका कारण नयाँ नोट वितरण गरेको थिएन ।

यसपाली भने महामारीलाई ध्यानमा राख्दै भीडभाड कम नगर्न असोज ४ गतेदेखि नै नयाँ नोट बाँड्ने तयारी गरेको प्रवक्ता ढकालले बताए ।